अमेरिकाले कोस्टा रिकालाई हरायो
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

एजेन्सी, जेठ २७ / कोन्काफ नेसन्स लिग च्याम्पियन अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित निकालेको हो ।

घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । खेलको आठौं मिनेटमा नै ब्रेन्डेन आरोनसनको गोलबाट अमेरिकाले अग्रता लिएको थियो । ४२औं मिनेटा डरयाल डिकेले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे ।

५२औं मिनेटमा रिगी क्यानोनले गोल गर्दै अमेरिकालाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई ४–० को फराकिलो जित दिलाए । अब अमेरिकाले अर्काे साता कोन्काफ गोल्डकपमा मार्टिनीक्यु र क्यानडासँग खेल्दैछ । कोस्टा रिकाले भने सुरिनेम र जमैकासाग कोन्काफ गोल्डकपमा प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकाले ७ जुलाईमा मेक्सिकोलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै कोन्काफ नेसन्स लिग च्याम्पियन बनेको थियो । अतिरिक्त समयमा क्रिस्टियन पुलिसिसले विजयी गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय