अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

बुटवल, जेठ २७ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरी निरीक्षक खनालले बताए ।

जिपमा चालक मात्र सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर