यस अनलाईनका विज्ञ" />

आज – ०५ मंसिर २०७८ आइतवार को राशिफल
आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घर व्यवहारमा झमेला आउनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो वाक्चातुर्यले काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट टाढै बस्नु होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्ग बाट विशेष सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय