एमआईएस अपरेटरको अध्यक्षमा गुलरिया नगरपालिकाका कर्ण चयन
आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर ५

एमआईएस अपरेटर र फिल्ड सहायकको पहिलो जिल्ला भेलाले अध्यक्षमा शुभम कर्णलाई चयन गरेको छ । जिल्लामा नौ जनाको कार्य समिति शनिबार गुलरियामा गठन भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत बर्दियाका आठ वटै स्थानीय तहमा कार्यरत व्यवस्थापन सूचना प्रणाली (एमआईएस) अपरेटर र फिल्ड सहायकहरुको भेलाले सर्वसम्मत अध्यक्ष पदमा शुभम कर्णलाई चयन गरेको छ ।
कार्य समितिमा आठ वटै पालिकामा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायकहरुलाई समेटिएको अध्यक्ष कर्णले बताए ।

नव गठित कार्य समितिले आठ वटै स्थानीय तहमा कार्यरत एमआईएस अपरेटर, फिल्ड सहायक तथा स्थानीय तहमा करारमा कार्यरत सम्पुर्ण कर्मचारीको हकहित र अधिकार सुनिश्चितताको लागि काम गर्ने अध्यक्ष कर्णले बताए । जिल्लामा रहेका १४ जना एमआईएस अपरेटर र ८ जना फिल्ड सहायक रहेका छन् । आठ वटै पालिकाका अपरेटर र फिल्ड सहायक बिच समन्वय र सहकार्य कायम राख्ने अध्यक्ष कर्णले विश्वास दिलाए ।

गुलरिया नगरपालिकामा कार्यरत शुभम कर्ण अध्यक्ष पदमा चयन भएका छन् । बाँसगढी नगरपालिकाकी जानुका सापकोटा उपाध्यक्षमा, गेरुवा गाउँपालिकाका जोधीराम चौधरी सचिवमा, मधुवन नगरपालिकाका रमेश कुमार पाण्डे सहसचिवमा, बढैयाताल गाउँपालिकाका अनिस केसी कोषाध्यक्षमा, बारबर्दिया नगरपालिकाकी सुनिता पाण्डे, ठाकुरबाबा नगरपालिकाका पुस्कर न्यौपाने, राजापुर नगरपालिकाकी मिना केसी र गेरुवा गाउँपालिकाका वसुन्धरा थारु सदस्यमा चयन भएका छन् ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना सफल पार्नको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०७६ साल भदौ १७ मा सुचना प्रकाशित गरी खुल्ला प्रतिस्पबाट देशभरी ७ सय ५३ वटै स्थानीय तहमा एमआईएस अपरेटर र फिल्ड सहायक राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय