कर्णालीमा पानीको सतह बढ्यो बाढीको सम्भावना
मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

बर्दिया, असार १ (फरकसमाचार) / कर्णाली नदीमा पानीको सतह बढेपछि राजापुर नगरपालिकाका नदीतटीय क्षेत्रमा बाढी आउने सम्भावना बढेको छ । सोमबारदेखि निरन्तर परेको वर्षापछि कर्णाली नदीमा पानीको बहाब बढेको छ ।

नदीको बहावले राजापुर नगरपालिका–१ तिउनी घाट स्थित कटान गरेको छ । तटबन्धनको कार्य समयमा सम्पन्न नहुँदा नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । नदीले गरेको कटान र बाढीको स्थिती अवलोकन गर्न नगरप्रमुख शिव प्रसाद चौधरी लगायत, सुरक्षा निकाय, ईलाका प्रशासनका पदाधिकारी आज तिउनी घाट पुगेका थिए ।

कर्णाली नदीको सतह बढेसँगै सोक्षेत्र बाढी आउने सम्भावना रहेको छ ।

जिल्लामा ०७१ सालमा आएको बाढी जस्तै फेरी आउने हो की भनेर नदी तटीय क्षेत्र बास्तीका मानिसहरु त्रसित छन् । नदी तटीय क्षेत्रका बासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय