कांग्रेसमा चुनावी सरगर्मी
बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित

 

बेद प्रकाश गुप्ता

बर्दिया, मंसिर ९

ठण्डीले तापक्रम घटदै छ । तर, चुनावी कारणले कांग्रेसमा तापक्रम बढ्दैछ । वडा अधिवेशन, नगर अधिवेशन हुँदै जिल्लाको प्रदेश अधिबेशन सम्पन्न गरिसकेको कांग्रेसका नेता र कार्यकर्ता संघिय क्षेत्रिय सभापतिको चयनसम्म पुग्दा चुनावी सरगर्मीले अत्याएको छ ।

जोड र घटाउँ गर्दै आएका गुट र उपगुटमा कार्यकर्ता बाडिदा नेतृत्व चयनमा झन् पछि झन् कठिनाई भईरहेको छ । बिहिबार संघिय क्षेत्रिय सभापतिका लागि मतदान हुदैछ ।

दुई निर्वाचन क्षेत्रमा दुई जना क्षेत्रिय सभापतिका लामो समय देखि चलिरहेको कसरतमा कस्ले बाजी मार्ने हो ढुक्क हुने अवस्था छैन । सरसर्ती हेर्दा दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र १ मा पौडेल पक्षको बर्चस्व देखिन्छ भने क्षेत्र नं २ मा देउवा पक्ष हाबी भएको अंक गणितले पुष्टि गर्छ । दुबै पक्षका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

क्षेत्र नं २ मा दिपक जंग शाह भिएस रमण रेग्मी र क्षेत्र नं. १ मा मुक्तिनाथ यादव भिएस शम्भु रिजाल चुनावी मैदानमा उत्रिएका छन् । माथीको गणितले क्षेत्र नं २ मा दिपक जंग शाह र क्षेत्र २ मा शम्भु रिजालले चुनाव जित्ने देखिएपनि सतहीमा अवस्था बेग्लै छ । क्षेत्र नं.२ का शाह भने पल्ला भारी छ । यादव गुलरिया नगरपालिकाका नगर प्रमुख हुन् ।

यादवको आफ्नो क्षेत्रमा पकड बलियो भएको आँकलन छ । पौडेल पक्षका रिजाल भन्दा पुरानो कार्यकर्ता भएको भन्दै उनका पक्षमा गुट उपगुट नलगाएर कार्यकर्ता यादवलाई रोज्ने अनुमान छ । रिजाल पनि निजि क्षेत्र यातायात व्यसायीको लामो समय नेतृत्व र यूवालाई रोजगारीको अवसर दिने मध्य भनेर चिनिएका छन् । क्षेत्र नं.१ मा अंक गणितको हिसाबले जे जति भएपनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसपछि हुने जिल्ला सभापतिका लागि पौडेल पक्ष र देउवा पक्षमा लड्ने उम्मेदवारको नाम बाहिर आएको छ । देउवाबाट अरुण प्रकाश सिंह र पौडेलबाट बिद्या खनालको नाम लिईरहेका छन् ।

देउवा पक्षको वर्चस्व भएपनि नेता एकमत हुन नसक्दा धोखा खान सक्ने पनि बताउँछन् । केन्द्रिय नेता किशोर राठोर, गोपाल दहित, जन्मजय तिमिल्सेना र अरुण प्रकाश सिंह देउवा पक्षका नेता हुन् । तिमिल्सेनाले आफुलाई सभापतिको उम्मेदवार घोषणा गरिरहेका पनि छन् । बिगतमा यिनै नेता मत बाझिदा कोईराला पक्षले फाईदा लिएको छ ।

जिल्लामा चार नेता एक मत नहुने हो भने जिल्ला सभापति गुमाउँन सक्ने आंकलन छ । पौडेल पक्ष नेता तथा पूर्व मन्त्री संजय गौतम वडा अधिबेशन देखिनै जिल्लामा बसेर चुनावी मोर्चामा सरिक देखिन्छन् । सभापति गौतमकै कारण पौडेले पक्ष बलियो रहेको कार्यकर्ताले दाबी गर्दै आएका छन् । पौडेल पक्षका गौतमको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर