काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप
बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ ३ । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए ।

खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।अनलाइनखबरबाट साभार

यी हुन् खोप केन्द्रहरु :

  • सशस्त्र प्रहरी अस्पताल, बलम्बु
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
  • नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
  • वीर अस्पताल, रत्नपार्क
  • निजामति कर्मचारी अस्पताल, वानेश्वर
  • परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • शिक्षण अस्पताल, महाराजगञ्ज
  • काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
  • अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय