आज भोलि तिम्रै य" />
    गजल
शनिबार, चैत ०७, २०७७ मा प्रकाशित

                      
आज भोलि तिम्रै यादमा हराउन पो थालेको छु
निन्द्रामा नि तिमी भन्दै कराउन पो थालेको छु ।

थाहा छैन के भो के भो मेरो मनलाई आज भोलि
भित्र– भित्र तिमीलाई मन पराउन पो थालेको छु ।

सुनेको छु चोखो माया गर्ने जोडि अक्सर छुटेका छन्
त्यति भएर कता –कता एक्लै डराउन पो थालेको छु ।

मेघराज बाबु दुलाल
गुलरिया न.पा–९, बर्दिया

प्रतिक्रिया

सम्बन्धित खवर