गुलरिया नगरपालिकामा विकास देखिन थालेको छ : नगर प्रमुख यादव
मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

गुलरिया बिभिन्न ठाउँमा विकास निर्माणले तिब्रता पाएको छ । हुलाकी, शहरी आयोजना र नगरका योजना अन्र्तगत भईरहेका विकासका कामले गुलरिया नगरको मुहार फेरिन थालेको छ । विकास उन्मुख नगरपालिको समयमै चालु आर्थिक वषर्मा योजना सम्पन्न गर्ने चुनौति पनि नगरपालिकालाई छ । गुलरिया नगरापलिकाका नगर प्रमुख मुक्तिनाथ यादव भनाईले चालु आर्थीक बर्षमा संचालन भएको शत प्रतिशत पुरा योजना सम्पन्न हुने अवस्थामा पुगेका छन् । मापदण्ड मिचेका संरचना हटाउनु चुनौती खेपेको नगरपालिकाले बिशेष गरि तीन वटा अभियानलाई प्राथाकिताका राखेर काम लाई अघि बढाएको छ । सडक निर्माण र विस्तार, अतिक्रमति जग्गा कब्जा र सडक संजाल जोड्ने अभियानमा गुलरिया नगरपालिका छ । यस विषयमा केन्द्रित रहेर नगर प्रमुख यादवसँग फरकसमाचार दाताले गरेकोे कुराकानी ।

नगरपालिकाको विकास मुख्य आधार के के हुन् ?

नगरपालिकामा पहिलो प्राथामिकता सडक विस्तार परेको छ । नयाँ सडक मापदण्ड अनुसार निर्माण भएपनि पुराना सडक मापदन्ड भित्र ल्याउँन अभियान नै चलेको छ । यसमा सरकारी वा निजि सरचना सडक मापदन्ड भित्र परे भत्काएर काम लाई निरन्तरता दिईएको छ । नगरको विकास मुख्य मेरुदण्ड नै सडक विस्तार हो । स्वच्छ र सफा नगरपालिकाको अवधारणा अनुरुप काम बढेको छ भने त्यससँगै सरसफाई देखि अरु नियमिति गतिबिधि पर्छन् ।

काम गर्दा कुनै समस्या ?

विकास निर्माणको काम गर्दा समस्या नहुने कुरै भएन । समस्याको समाधान खोज्दै अघि बढ्नुको विकल्प छैन । संबाद, सहकार्यबाटै सम्भव भईरहेको छ । स–सान समस्या नआउँने कुरै भएन । आफ्नै ठाउँ भएकाले पनि सहकार्य, संबाद र समन्वयले काममा धेरै समस्या आएको छैन । निर्माण समाग्रीको पनि समस्या छ । जनप्रतिनिधि आईसकेपछि जनतासँग सहकार्य विकास निर्माण भईरहेको छ ।
बजेटको भाग वन्डा लगाईन्छ भनिन्छ कत्तिको साँचो हो ?

विकासको अपरिहार्यतालाई हेरेर बजेट विनियोजन भईरहेको छ । विकास उन्मुख नगरपालिका भएकाले बजेट विकासे आयोजना केन्द्रित छ । राजनिति दवावमा आएर मैले त्यसो गरेको छैन । नगरवासीको हितमा रहेर काम गर्ने भएकाले नेताको साथ भन्दा बढि साथ नगरबासीको साथमा म छु । विकास निर्माणको प्रत्यक्ष रुपमा नगरवासी हातेमालो गरेको छु । नगरवासीका लागी काम हुदा सकारात्मक प्रतिक्रिया पाएको छु । राईट टाईमा र राईट प्लेसमा काम भएकाले मैले समस्या देख्दैन । काम गर्दा राजनितिक दवाव पर्नु समान्य कुरा भएकाले त्यसलाई ठूलो रुपमा मैले लिदैन ।

विकासको बजेट फ्रिज त भा छैन ?

राज्यको पैसा हो सके सम्म काम गर्ने हो । ईन्चि टेपले नापेर प्राविधिक नापेर मुल्याकंन गर्छन । त्यहि अनुसार भुक्तानी हुन्छ । जुन कामको लागी आएको पैसा हो त्यसैमा खर्च गर्न ध्यय हो । गुणस्तर हुन पर्छ भुत्तानी रोकिदैन । गुणस्तर अनुसार काम नभएको भए भुत्तानी रोकिन्छ । काम गरेको मात्र भुत्तानी दिईन्छ । ७० प्रतिशत सम्म काम हुने अहिले सम्म देखिएको छ । समय घर्कि सकेपछि बजेट आएका १ करोड जतिको सम्झौता भएको छैन ।

राजनितिक दलको कत्तिको सहयोग पाउँनु भएको छ ?

सवै राजनितिक दलका आ आफ्नो ईच्छा हुन्छ । सवैल कायकर्तालाई फकाउँन बजेट लैजाने प्रयास गर्छन । आवश्यत्ता प्राथामिकतामा काम हुने हुदा केहि खुसी पनि हुन सक्छन् । केहि दुःखी पनि होलान । सवैको ईन्छा सम्बोधन हुन्छ भन्ने हुदैन । मन मुटाव रहनु स्वभाविक भयो । समग्रमा राजनितिक दलले सहयोगले नै पुराना योजन शत प्रतिशत सम्पन्न हुने भएका छन् । नयाँ योजनाले निरन्तरता पाईरहेका छन् । सबैको सहयोगबाट नै कार्यक्रम सफल भएकाले विकास निर्माणको श्रय राजनितिक दललाई पनि जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय