घटेन कर्णाली नदीको कहर ः आश र त्रासमा सयौं बाढीपिडित
बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ४

आकाशमा कालो बादल मडारिएको छ । आधा घर पानी ढाकिएको छ । सडकमा बास भएको दुई दिन बितिसक्यो । बुधबार दिउँस देखिएको घाम शरिरलाई तातो पार्न सकेको छैन ।

एक सरो लुगाको भरमा भेटिएकि गेरुवा गाउँपालिका शान्ति चौधरी बिछिप्त भएकी छन् । छोरा र छोरी छिकेकिको रेखदेख छाडेर खाद्यान्नको जोहो गर्न निस्केकि उनलाई नयाँ मान्छेलाई देख्दा भक्कानो छुटछ । राहत सामााग्री लिएर प्रदेश सांसद दिपेश थारु र माओबादीका नेता सुरेश पन्थ अघि उनले बलिनधारा आसु झारिन् ।

पन्थले बाढीपिडितका लागि खाद्यान्न सहयोग गरेका थिए । घर डुबेको हेरेर आएको उनले बताईन् । ‘बाढीले हामी जस्तालाई घर न घाट बनाएको छ,’उनले भने,‘आश र त्रासमा कहिले सम्म बाच्ने हो ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । गेरुवा र राजापुरको दौलतपुर टिहुनि र बनकटि गाउँ जलमग्न छ । गेरुवा गाउँपालिकाको पाताभार अधिकांश भुभाग, सडक र खेत समतल्ल पानी छ ।

पहलेपुर धान डुुबेका छन् । यस्तो दृश्य देखेका किसानका आखा अझै ओभाएका छैनन् । के गर्नु हजुर अहिले पनि एक घर देखि अर्को घर जादा डँुगामा चढ्न परेको गेरुवा गाउँपालिका दसिराम थारुले बताए । ‘दशै भर्खर सकिएको थियो,’उनले भने,‘घरमा पाहुना थिए ।’तर कात्तिक २ गते एक्कासी बढेको कर्णाली नदी बस्ती पस्दा बिचल्ली भएको उनले सुनाए । उनका अनुसार गेरुवा एक हजारको हाराहारी घर डुबानमा परेको छ । गेरुवा गाउँपालिकाको जनकनगरमा ५२ घर पुर्ण रुपमा क्षति पुगेको छ ।

राजापुर नगरपालिकामा एक हजार २ सय घर बाढीबाट प्रभावित भएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए ।

‘बाढी बाट बिस्थापित परिवारको व्यबस्थापन भईसकेको छ’उनले भने,‘खाद्यान्नको जोहो गरेर मेस संचालन गरिएको छ ।’ बाढी पिडितका लागि सरकारले उचित क्षति पुर्ती सहित राहतको प्याकेज घोषणा गर्न पर्ने सांसद दिपेश थारुले बताए । ‘राजापुर र गेरुवाका सयौ परिवारको सडकमा बास छ’उनले भने, ‘बाढीपिडितले राहत र क्षतिपुर्तीको व्यबस्था राज्यले गर्नु पर्छ ।’

दातासँग संकलन भएको खाद्यान्नले सामुहिक मेस संचालन गरेको उनले बताए । उनका अनुसार ठूलो संख्यामा बिस्थापित परिवारका लागि खान, बस्नको प्रबन्ध गर्न रात र दिन अहोरात्र खटिएको प्रदेश सांसद थारुले बताए ।

‘आफ्नो निर्वाचन क्षेत्रमा बाढीले अत्याधिक क्षति गरेको छ,’उनले भन, ‘भोको पेट रहन नदिन आह्वान गरेर राहतका लागि हात थापेको छु ।’ उपलब्ध राहत सामाग्रीबाटै सेल्टरमा मेस संचालन भईरहेको उनले जानकारी दिए ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय