जन्मदिनमा कियाराः के सिद्धार्थसँग प्रेममा छिन् ?
आइतबार, साउन १७, २०७८ मा प्रकाशित

साउन १७ / नायिका कियारा आडवाणी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । बलिउडमा छोटो समयमा नै लोकप्रियता हासिल गरेकी यी नायिकाको नयाँ चलचित्र ‘शेरशाह’ रिलिजको क्रममा छ । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।

कियारालाई जन्मदिनमा उनका फ्यान, शुभेच्छुक तथा बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । तर, नायक सिद्धार्थ मल्होत्राको शुभकामना भने उनका लागि विशेष छ । किनकी, बलिउड बजारमा केही समयदेखि यी दुइको प्रेम चर्चा गर्माएको छ ।

सिद्धार्थले लेखेका छन्–‘ह्याप्पी बर्थ डे कियारा । तिम्रो साथमा शेरशाहको यात्रा निकै अविस्मरणीय रहन पुग्यो । यो चलचित्रसँगै धेरै यादहरु जोडिएका छन् । आनन्दसँग रहनु । धेरै माया ।’

केही दिन पहिला सिद्धार्थ र कियाराको माल्दिभ्समा छुट्टी मनाउँदै गरेको तस्वीर भाइरल भएको थियो । अलग–अलग फोटो भएपनि दुबैको लोकेशन भने एउटै थियो । माल्दिभ्स जानु अगाडि यी दुई एयरपोर्टमा पनि एकसाथ देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय