ढकालको पुस्तक गुलरियामा विमोचन
आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

मंसिर २१ बर्दिया/साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ सार्वजनिक भएको छ ।

गुलरियामा लोटस् होटलको सभाकक्षमा एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले पुस्तक विमोचन गरेका हुन् ।

करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशिल ढकालको लजालु पहाड पहिलो पुस्तकाकार कृति हो ।
पुस्तकमा ६७ वटा गीतहरु संग्रहीत छन् । विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै अध्यक्ष तथा साहित्यकार धितालले स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए ।

कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए । उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए । युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसंगहको मुल्य २ सय ५० तोकएिको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय