धेरै थकाई लाग्ने ६ कारण
बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

एजेन्सी, साउन ६ / स्वस्थ भोजन, व्यायाम र पर्याप्त निन्द्राले शरीरलाई उर्जा दिन्छ। तर कहिले काँही धेरै परिश्रम नगर्दा पनि शरीर कमजोर र थकाई भएको महशुस हुन्छ। कहिलेकाँही रोगका कारण थकाई महशुस हुनसक्छ। यसका साथै थकाई महशुस हुनुमा यी कारणहरु पनि हुनसक्छ:

प्रोटिनको मात्रा न्यून
खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरीर कमजोर हुनुका साथै थकाई महशुस हुन्छ। महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक– फरक भए पनि तौल र शारीरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ। प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ।

पोटासको कमी
पोटास यस्तो खनिज हो जसले तपाईंको शरीरको कोषलाई पूर्ण रुपमा काम गर्न सहयोग पुर्‍याउछ। त्यस्तै पोटासले मांशपेशीलाई बलियो बनाउँछ। केरा, बेरी, एभोकाडो र गाँजरबाट पर्याप्त पोटास पाइन्छ।

अत्यधिक सुत्नु
त्यसो त शरीरलाई आवश्यक उर्जाको लागि पर्यात सुत्न विज्ञहरुले सुझाब दिए पनि अत्यधिक बढी सुत्दा शरीर आलस्य र कमजोर महशुस हुन्छ। अत्यधिक सुत्दा शरिरमा साईड इफेक्ट पनि हुन्छ । बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको विभिन्न अध्ययनहरुले दखाएका छन्।

शाकाहारी भोजन
भिटामिन बी १२ ले शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ। मासु र अन्डामा यो भिटामिन पाइन्छ। बी १२ को कमिले शरीर कमजोर र आलश्य हुन्छ। त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ।

डिहाईड्रेसन
पर्याप्त पानी नपिउँदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ। त्यसैले पानी पर्याप्त मात्रामा पिउनु पर्छ।

डिप्रेशन र चिन्ता
डिप्रेशनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ। चिन्ताले हृदय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन्।स्वास्थ्यखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय