बालाजी सिमेन्ट इन्डस्ट्रिजका निर्" />
निर्यातमा हतार गर्दैनौँ, पहिले हाम्रो उत्पादनलाई देशका कुनाकुनामा पुर्‍याउँछौँ
सोमबार, असोज १९, २०७७ मा प्रकाशित

बालाजी सिमेन्ट इन्डस्ट्रिजका निर्देशक गौरव गडियासँगको अन्तरवार्ता

नेपालका सिमेन्ट उद्योगमा नवप्रवेशी उद्योग हो बालाजी सिमेन्ट इन्डस्ट्रिज । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासबाट रूपन्देहीको चन्द्रौटाबाट सो उद्योगले सिमेन्ट उत्पादन सुरु गरको थियो । सो इन्डस्ट्रिजले अहिले ओपीसी, पीपीसी र पीएससी सिमेन्टको उत्पादन गर्दै आएको छ । बाहुबली, चन्द्रौटा, नटराज, सृष्टि ब्रान्डमा बालाजी सिमेन्ट इन्डस्ट्रिजले दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । मुख्य रूपमा पश्चिम, सुदूरपश्चिम क्षेत्र र काठमाडौँमा यो सिमेन्टले आफ्नो व्यापार केन्द्रित गर्दै आएको छ ।

कोरोनाभाइरस महामारीका कारण समग्र उद्योग जस्तै सिमेन्ट उद्योग पनि ठूलो मारमा परेको छ । ६ महिना लामो लकडाउनले निर्माण कार्य ठप्प हुँदा यो क्षेत्रमा गहिरो असर पर्न गएको हो । कच्चा पदार्थ आयात नहुनु, समयमा बिक्री वितरण नहुनु र बजारमा माग ह्वात्तै घट्नुले सिमेन्ट उद्योग थला पारेको हो ।

यसै सन्दर्भमा सिमेन्ट उत्पादन र वितरणको क्षेत्रमा कोभिडको प्रभाव, अहिलेको अवस्था, व्यावसायिक योजना र तयारीमा केन्द्रित भई हामीले बालाजी सिमेन्ट उद्योगका निर्देशक गौरव गडियासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, सोहीे कुराकानीको सम्पादित अंश ।

– कोरोना महामारीले सबै क्षेत्र सङ्कटग्रस्त भए भनिएको छ । सिमेन्ट उद्योगमा चाहिँ यसको प्रभाव कति पर्‍यो ?

हो, महामारी र लामो समयको लकडाउनले अरू उद्योग व्यवसाय जस्तै सिमेन्ट उद्योगमा पनि गहिरो असर परेको छ । ६ महिना लामो लकडाउनका कारण देशभरका सबै बजार र निर्माणका कार्य ठप्प भए । यो अवस्थामा सिमेन्टको बिक्री भण्डै शून्य भएको थियो ।

लकडाउन खुकुलो भएसँगै अब बिस्तारै बजार चहलपहल देखिएको छ । निर्माण कार्यले पनि अब गति लिने देखिएको छ । सबै क्षेत्र जस्तै हामी पनि विस्तारै पुरानै अवस्थामा फर्कनेमा आशावादी भएका छाँै ।

उत्पादन मितिबाट छोटो समयमा सिमेन्टको प्रयोग गरिसक्नुपर्ने भएकाले गोदामबाट जति सक्दो छिटो सिमेन्टको बिक्री गर्नुपर्ने हुन्छ । बिक्री नभएका सिमेन्ट उद्योगले फिर्ता लिनुपर्ने अवस्था थियो । सोही कारण डिलर पनि अन्योलमा थिए । त्यसैले लकडाउन अवधिमा उत्पादनलाई बन्द नै गर्नुपरेको हो ।

–लकडाउनको समयमा सिमेन्ट उत्पादनको अवस्था कस्तो थियो ?

लकडाउन अवधिमा सिमेन्ट उत्पादन पूर्ण रूपमा ठप्प जस्तै थियो । सिमेन्टको म्याद (आयु) छोटो हुन्छ । लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन । यसैले होलसेल र खुद्रा दुवै व्यापारीले पनि अर्डर गर्ने र सिमेन्टलाई भण्डार गर्ने कुरै भएन ।

उत्पादन मितिबाट छोटो समयमा सिमेन्टको प्रयोग गरिसक्नुपर्ने भएकाले गोदामबाट जति सक्दो छिटो सिमेन्टको बिक्री गर्नुपर्ने हुन्छ । बिक्री नभएका सिमेन्ट उद्योगले फिर्ता लिनुपर्ने अवस्था थियो । सोही कारण डिलर पनि अन्योलमा थिए । त्यसैले लकडाउन अवधिमा उत्पादनलाई बन्द नै गर्नुपरेको हो ।

–अब लकडाउन पनि खुल्यो, बजार पनि खुल्न थालेका छन्, अहिले बजारमा सिमेन्टको माग कस्तो छ ? सिमेन्ट उत्पादन कसरी भइरहेको छ ?

लकडाउन खुकुलो भएसँगै बजारमा सिमेन्टको माग हुन थालेको छ । हामीले पनि सिमेन्टको उत्पादन थालेका छौँ । अवस्था सुध्रिँदै जाने, उद्योग व्यवसाय र बजार पुरानै लयमा फर्कनेमा हामी आशावादी छौँ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर छ । हामीले विगतका केही वर्षहरुलाई विचार गर्यौं भने सिमेन्टको आयातमा ठूलो गिरावट आएको छ । आगामी केही वर्षमा हामी नेपालको बजार मागलाई घरेलु सिमेन्टबाट नै पूरा गर्नेछौँ ।

कोभिड–१९ का असरले गर्दा अहिले बजार खुले पनि माग कम छ । त्यसैले बजारको मागअनुसार उत्पादन गरिरहेका छौँ । उत्पादन र आपूर्तिको दर कम छ । आशा छ, छिट्टै यो दर बढ्ने छ । सुरक्षाका कारण मुलुक लकडाउनमा गयो । सबै बजार बन्द थिए, बिक्री वितरण गर्न असम्भव थियो । यद्यपि पछिल्लो दुई हप्तादेखि बिक्रीले बिस्तारै गति लिन सुरु गरेको छ । यसलाई हामीले सकारात्मक सङ्केतका रूपमा लिएका छौँ ।

–तपाईंको सिमेन्ट चाहिँ अहिले कति उत्पादन भइरहेको छ ? आपूर्तिको व्यवस्थापन कसरी गर्नुभएको छ ?

कोभिड–१९ का असरले गर्दा अहिले बजार खुले पनि माग कम छ । त्यसैले बजारको मागअनुसार उत्पादन गरिरहेका छौँ । उत्पादन र आपूर्तिको दर कम छ । आशा छ, छिट्टै यो दर बढ्ने छ । सुरक्षाका कारण मुलुक लकडाउनमा गयो । सबै बजार बन्द थिए, बिक्री वितरण गर्न असम्भव थियो । यद्यपि पछिल्लो दुई हप्तादेखि बिक्रीले बिस्तारै गति लिन सुरु गरेको छ । यसलाई हामीले सकारात्मक सङ्केतका रूपमा लिएका छौँ ।

कम्पनीको प्रतिदिन ४० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ । हामी निरन्तर दैनिक उत्पादन दरलाई कसरी वृद्धि गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ । विस्तारै यो दरलाई बढाउने छौँ । बाहुबली सिमेन्ट सम्पूर्ण नेपालभर पुर्‍याउन हामी लागेका छौँ । अब नेपालका कुनाकुनामा बालाजी सिमेन्ट इन्डस्ट्रिजका समेन्ट पुग्छन् ।

–सिमेन्ट उत्पादन र बजार विकासका लागि कस्ता योजना अगाडि सार्नुभएको छ ? देश आत्मनिर्भर भइसकेपछि यसको निर्यात गर्नेबारे पनि यहाँहरुले योजना बनाउनुभएको छ कि ?

अहिले हामीले सिमेन्टको गुणस्तर र उत्पादनको पोर्टफोलियोमा वृद्धि गर्दै अगाडि बढाउने योजना बनाएका छौँ । देशका हरेक भेगमा हाम्रो सिमेन्ट पुगोस् भन्ने चाहन्छौँ । त्यसैले बजार विस्तारलाई प्राथमिकता दिएका छौँ । अब नेपालका हरेक भेगमा सिमेन्ट सहज र समयमै वितरणको सुविधा प्रदान गर्नेछौँ ।

हामीसँग विशेष योजना पनि छन् । तर कोभिड–१९ को महामारी र लकडाउनका कारण बजार ठप्प हुँदा केही ढिला हुन पुग्यो । अब अवस्था सामान्य हुँदै जानेछ । हामी अझै यसमा गम्भीर भएर काम गर्दैछौँ । हामी एक पटक हाम्रा विशेष योजनाहरु तयार भएपछि मिडियामा सार्वजनिक गर्नेछौँ ।

अहिलेसम्म हामीसँग हाम्रा उत्पादनहरु निर्यात गर्ने कुनै योजना छैन । हामी पूर्ण रूपमा नेपालको बजारमा ध्यान दिन चाहन्छौँ र नेपाली ग्राहकलाई सहज र नियमित रूपमा गुणस्तरीय उत्पादन प्रदान गर्न चाहन्छौँ ।

हाम्रो सिमेन्टको गुणस्तरमा कहिल्यै थिएन र छैन । फुटकर बिक्रीमा केही समस्या भएको हुनसक्छ । त्यसमा हामी निकै सचेत भएका छौँ । हाम्रो उत्पादन बारेमा बजारमा उठेका प्रश्नलाई हामीले सुधारको अवसरको रूपमा ग्रहण गर्ने गरेका छौँ ।

–बालाजीको उत्पादन बाहुबली सिमेन्टको गुणस्तरमाथि बजारमा प्रश्न पनि उठेका थिए । गुणस्तर सुधारका लागि तपाईंहरुले कस्तो प्रगति गर्नुभयो ? अहिले बजारको प्रतिक्रिया कस्तो छ ?

म यो प्रश्नको प्रतीक्षा गरिरहेको थिएँ । मलाई जहाँसम्म लाग्छ, तपाईंकै मिडियामा त्यो न्युज आएको थियो । ती प्रश्न जुन भ्रमपूर्ण थिए । त्यस्तो समस्या हाम्रो सिमेन्टको गुणस्तरमा कहिल्यै थिएन र छैन । फुटकर बिक्रीमा केही समस्या भएको हुनसक्छ । त्यसमा हामी निकै सचेत भएका छौँ । हाम्रो उत्पादन बारेमा बजारमा उठेका प्रश्नलाई हामीले सुधारको अवसरको रूपमा ग्रहण गर्ने गरेका छौँ ।

म के कुरामा जोड दिन चाहन्छु भने जतिबेला हाम्रो उत्पादनको गुणस्तर बारे प्रश्न उठेको थियो, त्योबेला एकै महिनामा चार लाखभन्दा बढी सिमेन्ट बेचेका थियौँ । हाम्रो गुणस्तर कमसल थियो भने त्यति धेरै सिमेन्ट बिक्री हुने थिएन होला । बाहुबली सिमेन्टमा विश्वको सबैभन्दा उत्कृष्ट सिमेन्ट कम्पनीहरुले प्रयोग गर्ने प्रविधिको प्रयोग गरिएको छ । दक्ष प्राविधिक इन्जिनियरहरुको प्रत्यक्ष निगरानी र उच्च स्तरीय मेसिनबाट सिमेन्ट उत्पादन गर्ने गरिएको छ । ल्याब परीक्षण गरेर मात्र सिमेन्ट उत्पादन तथा बजारमा पठाउने गरिन्छ ।

हाम्रो गुण नियन्त्रणका उपायले कारखानाबाट बाहिर आउने सिमेन्टका प्रत्येक बोरा फ्रेस र क्वालिटी बेन्चमार्क पूरा गरेको मात्रै हुन्छ भन्ने सुनिश्चित गर्दछौँ । हाल सबै बिक्रेता स्तरमा हाम्रो स्टकमा रहेका सिमेन्टहरुमा पहिले आएको सिमेन्टलाई पहिले पठाउने (फिफो) पद्धति अनुसार गर्न कम्पनीका प्रतिनिधिलाई अनुगमनमा खटाउने गरेका छौँ । यसले बाहुबली सिमेन्टबाट ग्राहकहरुले सधैँ ताजा र राम्रो गुणस्तरको सिमेन्ट पाउँछन् भन्ने सुनिश्चित गर्छ । यो हाम्रो ब्रान्डमा भरोसा राखेका हाम्रा मूल्यवान् ग्राहकहरुका लागि विशेष ग्राहक सेवा प्रदान गर्न हाम्रो पहलको एक हिस्सा हो ।

बजारले धेरै सकारात्मक प्रतिक्रिया दिएको छ । बाहुबली सिमेन्ट एकदम छोटो अवधिमा धेरै लोकप्रिय सिमेन्ट ब्रान्ड भएको छ । हामीले गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेका छौँ । हामी हाम्रा अमूल्य ग्राहकको विश्वासलाई कायम राख्न सधैँ प्रतिबद्ध छौँ ।

बाहुबली सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन हुन्छ । यसले हाम्रा उत्पादनहरुमा गुणस्तरको स्थिरतालाई सुनिश्चित गरेको छ । हामीले के सुनिश्चित गरेका छौँ भने बाहुबली सिमेन्टको प्रत्येक बोरा सधैँ ताजा हुन्छ र गुणनियन्त्रणका उपायहरुको पालना गर्दछ । साथै यसले हाम्रा मूल्यवान् ग्राहकको पैसाको मूल्य दिन्छ भन्ने हामी विश्वास दिलाउन चाहन्छौँ ।

 

–नेपालमा विभिन्न ब्रान्डका सिमेन्ट छन् । यो भीडमा ग्राहकले बाहुबली सिमेन्ट नै किन रोज्ने ?

मैले यसअघि पनि भनेँ, बाहुबली सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन हुन्छ । यसले हाम्रा उत्पादनहरुमा गुणस्तरको स्थिरतालाई सुनिश्चित गरेको छ । हामीले के सुनिश्चित गरेका छौँ भने बाहुबली सिमेन्टको प्रत्येक बोरा सधैँ ताजा हुन्छ र गुणनियन्त्रणका उपायहरुको पालना गर्दछ । साथै यसले हाम्रा मूल्यवान् ग्राहकको पैसाको मूल्य दिन्छ भन्ने हामी विश्वास दिलाउन चाहन्छौँ ।

–अन्त्यमा, महामारीले थिलोथिलो भएको अर्थतन्त्र माथि उकास्न एउटा उद्योगीको रूपमा यहाँको भूमिका कस्तो हुन सक्छ ? के भन्न चाहनुहुन्छ ?

मुलुकको आर्थिक विकासका लागि उद्योगधन्दाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । सिमेन्ट उद्योग विकास निर्माणको एक खम्बा हो । सिमेन्ट उद्योगले विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्छ । गुणस्तरको सिमेन्ट आपूर्ति गर्ने हाम्रो नैतिक जिम्मेवारी हुन्छ ।

म सम्पूर्ण सिमेन्ट कम्पनीहरुलाई बजारमा उत्तम गुणस्तरको सिमेन्ट आपूर्ति गर्ने हाम्रो नैतिक जिम्मेवारी बहन गर्न आग्रह गर्दछु ताकि यसले ग्राहकहरुद्वारा खर्च गरेको प्रत्येक रूपैयाँको मूल्य प्रदान गर्न सकोस् ।

म के पनि भन्न चाहन्छु भने अब हामी केही समयका लागि महामारीसँगसँगै चल्नुपर्नेछ । जबसम्म स्थायी समाधान आउँदैन तबसम्म सबै उद्योग, वितरक, ट्रेड च्यानल र बजारलाई सुरक्षित र स्वस्थ रहन आग्रह गर्दछु । आशा गरौँ, हामी छिट्टै नै यो महामारीबाट बाहिर निस्कनेछौँ र पुनः अर्थतन्त्रलाई नयाँ दिशामा डोहो¥याउन मद्दत गर्नेछौँ । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय