बढैयातालका जेष्ठ नागरिकको भत्ता रोकिदा दशैं खल्लो
मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २ (फरकसमाचार)

बढैयाताल फुटाहाका ९५ बर्षिय जेष्ठ नागरिक दशैंमा टिका टालो गर्न नपाउँदा दशंै नै खल्लो भएको महशुश गरे । मान्यजन भनेर टिका लगाउँन आएकालाई पैसा नहुँदा दिन नपाएको उनले गुनासो गरे । ‘गाउँपालिकाले निकासा गरिदिएन’उनले भने,‘ हामी जस्ताको दशैं बिग्रियो ।’ उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।दशैंमा भत्ता नपाउँदा खल्लो महशुस गरिरहेका छन् । आठ वटा पालिका मध्य बढैयाताल गाउँपालिकाका जेष्ठ नागरिकले यसपाली भत्ता पाएका छैनन् ।

बृद्ध आश्रम बस्ने जेष्ठ नागरिकले मिठो मसिनो खान समेत नपाएको बताए । ‘छोरा छोरीले अपनाएनन्’ नाम नखोल्ने शर्तमा एक जेष्ठ नागरिकले भने,‘सिंह दरवार गाउँ पठाएका भन्ने पनि हामीलाई आभास भएन ।’

बढैयाताल गाउँपालिकाका जेष्ठ नागरिकहरुले वृद्धभत्ता नपाउँदा यसपालीको दशैं खल्लो भएको छ । जिल्लाको आठ वटा स्थानीय तह मध्ये अधिकांश स्थानीय तहले आफ्नो क्षेत्र अन्र्तगतमा रहेका जेष्ठ नागरिकलाई वृद्धभत्ता बाडिसकेका छन् ।

वर्षभरीमा एक पटक मनाईने दशैं पनि खल्लो भएको बढैयाताल गाउँपालिका–५ का परिवर्तित नाम मगरे थारुले बताए । ‘हामी बुढो भयौं, सरकारले दिने भत्ताकै आशमा थियौं’ उनले भने, ‘तर, भत्ता नपाएर आशैआशमा दशैं बित्यो ।’

बढैयातालका जेष्ठ नागरिकको दशै खल्लो भएको व्यापक गुनासो छ । बढैयाताल गाउँपालिकाले वृद्धभत्ता नपाउँदा यसपालीको दशैं खल्लो भएको आरोप छ ।

फरकसमाचार संवाददाताले जेष्ठ नागरिकले समयमा भत्ता नपाएको जानकारी लिदा कोलेनिकाबाट निकासा नभएकोले भत्ता वितरण नभएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्नुज सुवेदीले बताए । अब कोलेनिकाबाट निकासा आउँछ तिहार अगाडि भत्ता वितरण हुने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय