बर्दियामा एकै दिन ३६ जनाले संक्रमण जिते
बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

बर्दिया, साउन ६ (फरकसमाचार) / जिल्लामा ३६ जनाले बुधबार कोरोना संक्रमण जितेका छन् ।

संक्रमण मुक्त हुनेको संख्या ५ हजार ९ सय ६ पुगेको छ । त्यसैगरी थप ३ जनामा कोरोना संक्रमण बुधबार पुष्टि भएको छ । ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ६ हजार २ सय २३ पुगेको छ ।

१ सय ७५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ सय ६२ होम आईसोलेसनमा, १२ अस्पतालमा, १ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर