बर्दियामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

बर्दिया, साउन १२ (फरकसमाचार) / जिल्लामा थप ३१ जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ ।

१४ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ६ हजार ३ सय ३१ पुगेको छ । त्यसैगरी मंगलबार ८ जना निको भएका छन् । निको हुनेको संख्या ६ हजार १७ पुगेको छ ।

१ सय ७१ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ सय ६० होम आईसोलेसनमा, १० अस्पतालमा, १ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय ४३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय