बर्दियामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, असार २१, २०७८ मा प्रकाशित

बर्दिया, असार २१ (फरकसमाचार) / जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको छ ।

१९ महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार ९ सय ४० पुगेको छ । त्यसैगरी सोमबार ३६ जना निको भएका छन् । निको हुनेको संख्या ५ हजार ३ सय ८९ पुगेको छ ।

४ सय १७ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ३ सय ८५ होम आईसोलेसनमा, २५ अस्पतालमा, ५ जना आईसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय ३४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय