बर्दिया, जेठ २९ (फरकसमाचार) / जिल्लामा थप ४ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।
१ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार २ सय २० पुगेको छ । त्यसैगरी आज ७४ जना निको भएका छन् । निको हुनेको संख्या ४ हजार ३ सय ३९ पुगेको छ ।
७ सय ६१ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ७ सय ९ होम आईसोलेसनमा, ४६ अस्पतालमा र ६ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय २० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।