बर्दिया राष्ट्रिय निकुञ्ज खुल्ने, व्यबसायी खुसी
बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ २९

गैडा क्याम्पका संचालक राम जी थापाले होटल विस्तार गरेर वातावरण अनुकुलित पक्की कोठा थपे । करौडौ लगानीमा होटल संचालन गरेका थापालाई कोरोना कहरका बेला निकुञ्ज प्रबेश ठप्प हुँदा पूर्ण रुपमा व्यबसाय प्रभावित भयो । कोरोना कहरको संक्रमण घट्दै जादा पनि ग्राहकको ईन्क्वारीले दिन रात छटपटी भयो ।

ग्राहक सेवा गर्ने अवसर विचलित भएका उनी निकुञ्ज निर्णयले खुसी तुल्याएको छ । ‘पहिला कोरोना कहरले मार्यो,उनले भने,‘ कोरोना संक्रमण घटपछि ग्राहक आउँन खोज्दा समेत बोलाउँन सकिएन ।’ निकुञ्ज घुम्न आउँने ग्राहकलाई झुक्काएर बोलाउँन नसकिएको उल्लेख गर्दै निकुञ्जले सेवा खुला गरेसँगै आशाबादी भएको उनले सुनाए ।

सरकाले निषेधाज्ञा जारी गरेसँग चैत दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएको छ । हात्ति सफारी तत्कालका लागि संचालन नभएपनि स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको दिने निकुञ्ज प्रशासनले निर्णय गरेको छ ।

निकुञ्जका प्रबक्ता अशिम थापाले जंगल ड्राइभ (सफारी), ¥याफ्टिङ र जंगल वाक गर्न खुल्ला गरिएको बताए । ‘सरकारले निशेधाज्ञासँगै बन्द भएको निकुञ्ज खुला गरिएको छ’उनले भने ।

तर निकुञ्ज प्रबेशमा स्वास्थ्य पालना गर्न पर्ने नियम अख्तियार गरिएको छ ।
कोरोना कहरको पहिलो लहर पछिल्लो समय लगाइएका शर्त पनि निकुञ्ज प्रबेश गर्नेले पालना गर्नु पर्ने छ । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने नियम यसपाली दोहोराईएको छ ।

संरक्षण अधिकृत थापाका अनुसार निकुञ्ज खोल्ने पूर्व तयारी स्वरूप करिब सडक मर्मत र झाडी सफाई सुरु गर्न कर्मचारी परिचालित गरिएको छ ।

लामो समय देखि बन्द अबस्थामा रहेको पर्यटन व्यबसाय अब आशाबादी रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायीले निकुञ्ज खुला हुने भएपछि पर्यटन आवागमनमा सुखद हुने भन्दै व्यबसायीले खुसी व्यक्त गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज १ सयको हाराहारी पर्यटन राखेर सेवा दिन सक्ने होटल आधा दर्जन भन्दा बढि छन् ।

पर्यटनलाई लक्षित गरी संचालन भएका २६ वटा होटलमा एक रातमा दुई हजारसम्म ग्राहकलाई सेवा दिन सक्ने साना–ठूला होटल सञ्चालनमा छन् । आन्तरिक ग्राहकलाई लक्षित गरी होटलमा प्याकेजको व्यबस्था गरिएको छ । पछिल्लो समय बाघ संख्या बढेसँगै बाघको अनुगमनका लागि पर्यटकको घुईचो लाग्ने स्थानीय व्यबसायीले अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर