बर्दिया हाई हाई, अरु टिम बाई बाई
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

ब्याडमिण्टन प्रतियोगितामा क्वाटर फाईनलमा प्रहरी टिम प्रवेश

राम प्रसाद चौहान

बर्दिया, असोज २२ / सितला बजारमा जारी व्याडमिण्टन प्रतियोगिताले बर्दिया टिम हाई हाई भएको बाहिरी जिल्ला टिम बाई बाई भएको प्रतियोगिताको नतिजाले देखाएको छ । बिहिबार क्वाटर फाईनल प्रबेशका लागि भएको प्रतियोगितामा बाँके कोहलपुरको टिम र दाङको प्रतियोगिता पराजित भएको छ । प्रहरी जोडिले बाँके र दाङका प्रतियोगिता सहभागी टिम पराजित गरेको हो ।

पहिलो क्वाटर फाईनल खेलमा नेपाल प्रहरीको टिम विजयी भई क्वाटर फाईनलमा प्रवेश गरेको छ । बिहीबार देखि पहिलो क्वाटर फाईनल खेलमा प्रहरी टिमका राम बहादुर शाही र राजेन्द्र चौधरीको जोडी विजयी भई क्वाटर फाईनलमा प्रवेश गरेका हुन् । विजयी प्रहरी टिमले

बाँसगढीका एकनारायण अधिकारी र बिरेन्द्र केसीको टिमलाई पराजित गर्दै विजयी भएको आयोजक समितिका सल्लाहकार मनोज लामिछानेले बताए ।

राईजिङ कालिका युथ क्लब सितला बजारले आयोजना गरेको ब्याडमिण्टन प्रतियोगिता सोमबार देखि भईरहेको छ । यस प्रतियोगितामा ३२ वटा टिमले भाग लिएका छन् । बाँके र दाङ जिल्लाबाट आठ वटा टिम प्रतियोगितामा सहभागी रहेको आयोजकले जनाएको छ ।

विजयादशमीको अवसरमा ब्याडमिण्टन खेल प्रतियोगिता गरिएको छ । फाईनल खेल शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु २५ हजार र दोस्रो हुने टिमलाई रु १५ हजार नगदले पुरस्कृत गर्ने आयोजक समितिले जानकारी गराएको छ । सानत्वना पुरस्कारको पनि व्यवस्था रहेको छ ।

प्रहरी प्रमुख ईश्वर कार्की, डिएसपी हेम बहादुर शाही, गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्याल र व्याडमिण्टन संघका अध्यक्ष बालकृष्ण ओली खेल मैदानमा पुगि खेलाडी टिमलाई हौसला प्रदान गरेका । खेल मैदानमा प्रहरी प्रमुख कार्कीको उपस्थितीमा प्रहरी टिमका खेलाडीहरुको आत्मबल बढेको समेत सहभागी खेलाडीले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर