बुबा जितेन्द्रको एक सर्तका कारण एकता कपुरले गरिनन् विवाह
मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित

मुम्बई, जेठ २५ । टेलिभिजन क्वीनको रुपमा स्थापित एकता कपूरले सोमबार आफ्नो ४६ औं जन्मदिन मनाएकी छन् । बलिउड अभिनेता जितेन्द्र तथा निर्मात्री शोभा कपूरकी छोरी एकताको जन्म ७ जुन १९७५ मा भएको थियो ।

अहिले एकताको नाम टेलिभिजनदेखि बलिउडसम्म छ । एकता एक सफल निर्देशक, स्क्रिप्ट राइटर र प्रोड्यूसर पनि हुन् । एकता र उनकी आमा शोभा कपूर बालाजी टेलिफिल्मकी​ पार्टनर पनि हुन् ।

बुवा जितेन्द्रबाट आर्थिक सहयोग मिलेपछि भने उनले  टेलिभिजन शो निर्माण गर्न थालेकी थिइन् ।

१९ वर्षको उमेरदेखि एकताले आफ्नो करियरको शुरुवात गरेकी थिइन् । एकताले ब्रेक दिएका ब्यक्ति कयौ स्टार भएका छन् । उनले करिब ४० शोमा काम गरेकी छन् । जसमा ‘हम पाँच’, ‘पडोसन’, ‘क्याप्टेन हाउस’, ‘मानो या नमानो’, ‘कन्यादान’, ‘कुम कुम भाग्य’ लगायत थुप्रै छन् । एकताले फिल्म ‘क्योकि मै झुठ नहीं बोलता’बाट बलिउड कदम राखेकी थिइन् । त्यसको अलवा ‘शुटआउट एट लोखंडवाला’, ‘लव सेक्स और धोका’, ‘द डर्टी पिक्चर’, ‘रागिनी एकएकएस’लगायत थुप्रै फिल्म निर्देशन गरेकी छन् । उनी भारतीय टेलिभिजन अकादमी पुरस्कार, इन्डियन टेलिअवार्ड,  कलाकार पुरस्कार, एशियाई टेलिभिजन अवार्डलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएकी छन् ।

मनोरञ्जनको दुनियाँमा धमाल मच्चाउने एकता अहिलेसम्म कुमारी रहेकी छन् । उनले एक पटक कुराकानीका क्रममा बुबाको एक सर्तका कारण अहिलेसम्म बिवाह नगरेको बताएकी छन् । उनी भने २२ बर्षको उमेरमा बिवाह गरेर घर बसाउन चाहन्थिन् ।

‘जव म १७ बर्षको थिए । बुबा जितेन्द्रले भन्नु भयो कि विवाह गर, कि पार्टी गरेर हिँड्नुको साटो काम गर, म त्यही चाहन्छु’ एकताले भनिन् ‘बुबाले पाकेट मनीको अलवा केही नदिने भएपछि पैसा कमाउन विज्ञापन एजेन्सीमा काम सुरु गरे ।’

एकतालाई धेरै कलाकारको गड मदर भनिन्छ । विद्या बालनदेखि सुशान्त सिंह राजपुतसम्मलाई एकताले ब्रेक दिएकी हुन् । एकता भन्छिन् –‘बुबाले मलाई पकेट मनी बाहेक केही दिन्न भन्नु भएको थियो । त्यसपछि मैले पैसा कमाउनका लागि एउटा विज्ञापन एजेन्सीमा काम गर्न शुरु गरेकी थिएँ ।’

एकता थप्छिन् ‘त्यति बेला जस्तो स्थिति थियो, त्यसमा ध्यान दिँदा मेरो जीवन ठीकठाकसंँग चल्छ भन्ने सोच्थे र राम्रो महसुस गरिरहेको थिएँ । २२ वर्षमा विवाह गर्छु र विवाहमा रमाउँछु भन्ने सोचेकी थिएँ । तर सोचेको जस्तो कहाँ हुन्छ । जव मैले हम पाँच शीर्षकको धारावाहिकबाट पायलट शूट गर्ने निर्णय गरेँ र जीटीभिलाई बेचिदिएँ । जब यो सिरियल प्रसारण भयो, म त्यति बेला जम्मा १९
वर्षकी  थिएँ । शो हिट भयो र मेरा सम्पूर्ण बाटाहरु परिवर्तन भए ।’

एकता सन् २०१९ मा सेरोगेसीको माध्यमबाट आमा बनेकी छन् । छोरोको नाम पनि आफ्ना बुबाको नामबाट राखेकी छन् –रवि कपूर ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर