भिड नियन्त्रण गर्न बल प्रयोग गर्ने सशस्त्र प्रहरी सामाजिक क्षेत्रमा खटिएपछि….
बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, मंसिर ७

सिमा सुरक्षाका लागि फलामे गेट भएर सीमा सुरक्षाका लागि पहरा दिदै आएको सशस्त्र प्रहरीले पछिल्लो समय सामाजिक क्षेत्रमा सहयोगिको भूमिकामा देखिएको छ । ठूला चाड पर्वमा मठ मन्दिर र स्थानीय यूवासँग नगर सरसफाई अभियानमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रह्यो ।
सामाजिक तथा खेलकुद क्षेत्रमा तदारुकता देखाएको सशस्त्र प्रहरी भूमिकाले यतिबेला चर्चा पाएको छ ।

जसले सशस्त्र प्रहरी बल वा संगठन सकारात्म छाप छाडेको स्थानीयले प्रतिक्रिया दिए । भिड नियन्त्रणका लागि गर्ने लाठि चार्ज र बल प्रयोग गर्ने भूमिका देखिने सशस्त्र प्रहरीले सामाजिक क्षेत्र सहभागिता देखाएपछि स्थानीय खुसी भएका छन् । यतिबेला स्थानीय यूवाको सक्रियतामा आयोजना हुन थालेको प्रिमियर लिग क्रिकेटमा सशस्त्र प्रहरीले विषेश सहयोग गरेको क्लबका अध्यक्ष प्रमोद चन्दले बताए ।

क्रिकेट मंसिर १३ गते देखि गुलरिया नगरपालिका–४ स्थित कवर्ड हल मैदानमा सुरु हुदैछ । प्रतियोगिता हुने स्थानमा अन्तिम चरणको काम तिव्र रुपमा भईरहेको छ । मंगलबार बिहान ७ बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट प्रहरी निरीक्षक खेमराज बोगाटीको नेतृत्वमा ३९ जनाको प्रहरी टोलीले खेलकुद मैदान सरसफाई गरेको छ ।

लामो समय खेलकुद मैदानमा खेल नभएको कारणले मैदानमा घाँस उम्र्रेको थियो । सशस्त्र प्रहरीले मैदानमा उम्र्रेका ठुलो घाँस हाँसीले काटेर सफा बनाएको छ । खेलकुद मैदान सरसफाई हामीले मात्र गर्न सम्भव नभएको क्लवका अध्यक्ष चन्दले बताए । ‘हामीले सरसफाईको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति नरबहादुर सरसंग अनुरोध गरेका थियौं’ अध्यक्ष चन्दले भने, ‘उहाँले खेलमैदान सफाई गर्न सशस्त्र प्रहरी टोली पठाउनु भयो ।’

यसले खेलकुदमा सशस्त्र प्रहरीले तदारुकता देखाएको स्पष्ट भएको बताए । खेलकुद मैदान सफाईमा सहभागिता जनाएर सहयोग गरेकोमा क्लवको तर्फबाट अध्यक्ष चन्दले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणलाई धन्यवाद व्यक्त गरे ।
जिल्लाकै ठुलो धनराशीको बर्दिया प्रिमियर लिग क्रिकेटको तयारी तिव्र पारेको बताए । खेलकुद मैदानमा पिच बनाउने र गेट बनाउने तयारी भईरहेको जानकारी दिए ।

क्लबका अध्यक्ष चन्दको स्वर्गीय बुबा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको हो ।
प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ ।

आयोजक क्लवले क्रिकेट लिगको प्रेस सम्मेलन मंसिर १० गते गर्ने मिति तय गरेको छ । प्रेस सम्मेलनमा कति टिम कहाँ कहाँबाट सहभागिता जनाउने बारे उल्लेख गर्ने प्रतियोगिता आयोजक क्लवका अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय