मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

काठमाण्डौं, जेठ २७ / प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाको नाम चर्चा छ ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीको रूपमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय