मन्त्री शर्मा द्वारा स्थलगत बाढी ग्रस्त क्षेत्रको अनुगमन
शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित

बुधबार पूर्ब मन्त्री सन्त कुमार थारु र बिहिबार आन्तरिक मामिला तथा संचार मन्त्री शर्माको भ्रमणलाई बाढीपिडितले सकारात्मक रुपमा लिएका छन् । बुधवार पूर्ब मन्त्री शन्त कुमार थारुले बाढी ग्रस्त क्षेत्र अनुगमन गरिसकेका छन् ।

रामप्रसाद चौहान

बर्दिया, कात्तिक ५

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले बिहिबार बाढी ग्रस्त क्षेत्र अनुगमन गरे । गेरुवा र राजापुरका बाढीबाट क्षति ग्रस्त क्षेत्र सुरक्षा प्रमुख सहित पुगेका थिए ।

गाउँपालिकाको ओखरीया ईन्टेकबाट अनुगमन सुरु गरेका थिए । बनकटि, सनकटि, राजीपुर र जनक नगर पुगेर बाढी ग्रस्त क्षेत्रमा शर्मा साक्षात्कार भए । स्थलगत अनुगमन निस्केका शर्मा बाढीबाट कटान भएको

क्षेत्रमा तत्काल तटबन्धन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीसँगै जिल्ला समन्वय समितिका सभापति शंकर प्रसाद थारु र माओबादीका नेता लक्ष्मी प्रसाद शर्मा लगायतले बाढीपिडितलाई राहत दिनु पर्ने बताए । कात्तिक २ गते आएको बाढीले क्षति ग्रस्त ठाउँ त घुम्दा घुम्दै कार्यकर्ताले त्यस क्षेत्रमा बाढीबाट भत्केका संरचना देखाएका छन् । बाढी पिडितलाई घाउँ मल्हम लगाउँँने सक्ने योजना दिन अपरिहार्य रहेको मन्त्री शर्माले औल्याए । बुधबार पूर्ब मन्त्री सन्त कुमार थारु र बिहिबार आन्तरिक मामिला तथा संचार मन्त्री शर्माको भ्रमणलाई सकारात्मक रुपमा लिएका छन् । बुधवार पूर्ब मन्त्री शन्त कुमार थारुले बाढी ग्रस्त क्षेत्र अनुगमन गरिसकेका छन् ।

गेरुवा गाउँपालिका बाढीबाट क्षेति ग्रस्त भएको राजीपुर र जनकनगर गाउँमा विस्थापित परिवारको संख्या अधिक छ । राजापुरमा दौलपुर, चख्खापुर, नगांपुर र चनौरामा अधिक क्षति छ । दुई गाउँमा मात्र सय भन्दा बढी सोनाहा र अन्य जातीको घर बाढीबाट पूर्ण रुपमा क्षति पुगेको छ । जनक नगरमा ५२ घर पुर्ण रुपमा क्षति पुगेको छ भने अधिकांश घरमा बाढीबाट अछुतो छैन ।

सोनाहाका परिवार कर्णाली नदीको ड्याम माथी आश्रय लिएर बसेका छन् । दिउँस घामले पोल्छ , रातीमा जंगलि जनावरको पिरोल्छ भन्दै मन्त्रीलाई बाढीपिडितले सुनाए । अधिकांश सोनाहा परिवारलाई जंगलि जनवार आक्रमण गर्ने जोखिम बढेको छ । त्रिपालको अभावमा दुई दिन देखि तीन परिवार बसिरहेका उनीहरु पिडा खपिनसक्नु भएको स्थानीयले बताए ।
कर्णाली नदीका कारण गेरुवा र राजापुरका १ हजार ५ सय घर बिहिन छ । प्रदेश सरकारले उपलब्ध गराएको टेन्ट लिएर मन्त्री आएका थिए ।
बिहिबार राजापुरमा बसेको विपद व्यबस्थापन समितिको बैठकमा राहत तत्काल उपलब्ध गराउँन प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई मन्त्री तिलक शर्माले निर्देशन दिएका छन् । सरकारले घोषणा गरेको राहतको प्याकेज छिटो भन्दा छिटो उपलब्ध गराउँने बिषय प्रमुख प्राथामिकतामा राखेर शर्मा र थारुले बिषय उठान गरेका थिए ।

अनुगमनमा निस्केका मन्त्री शर्मा सहित सुरक्षा प्रमुखको टोली । तस्बिरःराम प्रसाद चौहान

 

प्रतिक्रिया

सम्बन्धित खवर