महिनावारी हुँदा यी चार कुरामा ख्याल गरौं
सोमबार, असार २८, २०७८ मा प्रकाशित

असार २८ / महिनावारी हुँदाको क्षण कुनै पनि महिलाका लागि प्रीतिकर हुँदैन। किनकी, यतिबेला पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ। महिनावारी भएको बेला यी काम गर्नुपर्छः

स्वास्थ्यकर खाना
महिनावारी भएको बेला महिलाले हरियो सागपात, मौसमी फलफूल, पानी र अन्य झोल पदार्थ अन्य अवस्थामा भन्दा बढी खानुपर्छ। यसमा एक ग्लास तातो दूध थपियो भने अझ राम्रो हुन्छ। महिनावारी भएको बेला चिल्लोचाप्लो र मसलादार खाना नखानु नै राम्रो हुन्छ।

व्यायाम र निद्रा
नियमित व्यायाम गर्ने बानी भएका महिलाले पनि महिनावारी भएको समयमा व्यायाम नगर्ने गरेका छन्। तर, महिनावारी भएको बेलामा व्यायाम अझ बढी आवश्यक हुन्छ। महिनावारी हुँदा पेट सुनिनेलगायत समस्यालाई कसरत र आठ घण्टाको गहिरो निद्राले घटाउने गर्छ।

सरसफाइ
महिनावारी भएको बेला सरसफाइमा बढी ध्यान दिनुपर्छ। हरेक चार÷पाँच घण्टामा स्यानिटरी प्याड बदल्ने गर्नुपर्छ। प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। दिनमा दुई÷तीन पटक पेन्टी फेर्नु राम्रो हुन्छ।

खुकुलो पहिरन
टाइट र फिटिङ पहिरन महिनावारी भएको बेला लगाउनु हुँदेन। महिनावारी भएको बखत शरीर त्यसै असहज भएको हुन्छ। टाइट र फिटिङ पहिरनले यसलाई थप असहज बनाउँछ। चहकिलो रङको कपडा लगायो भने मन प्रसन्न हुने र सकारात्मक सोच आउने भएकाले यस्तै कपडा लगाउनु राम्रो हुन्छ।स्वास्थ्यखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय