माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने
शनिबार, असार १२, २०७८ मा प्रकाशित

असार १२ / दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब ३० करोड डिभाइसमा विन्डोज १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

विन्डोजको यो नयाँ सफ्टवेयरको माध्यमबाट अब विन्डोज डेस्कटप कम्प्युटरमै एन्ड्रोइड एप चलाउन सकिनेछ ।

हाल विन्डोज १० मा पनि एन्ड्रोइड एपहरु चलाउन सकिने भएतापनि त्यसका लागि थ्यगत एजयलभ एप डाउनलोड गर्नु पर्दथ्यो, जुन माइक्रोसफ्टले गत वर्ष ल्याएको थियो ।

अब अमेजन एपस्टोरमा रहेका ५ लाख भन्दा धेरै एन्ड्रोइड एपहरु विन्डोज स्टोरमा प्राप्त हुनेछन्, त्यसमा टिकटकदेखि नेटफि्लक्स, डिज्नी प्लसलगायतका हुनेछन् । तर गुगल प्ले स्टोरमा रहेका सबै ३५ लाख एपहरु विन्डोजमा उपलब्ध हुनेछैनन् । आफ्नो विन्डोजमा एन्ड्रोइड एप डाउनलोड गर्नका लागि अमेजन एपस्टोरको एप पहिले डाउनलोड गरेर अमेजन अकाउन्टमा लगइन गर्नुपर्ने बताइएको छ ।

माइक्रोसफ्ट कम्पनीका प्रडक्ट म्यानेजर पानोस पानेले नयाँ विन्डोजमा स-साना तथा छिटो छिटो सेक्योरिटी अपडेटहरु उपलब्ध हुने र यस्तो अपडेट पृष्ठभूमिमा भैरहने बताए ।

विन्डोज ११ को अर्को महत्वपूर्ण फिचर भनेको प्रयोगकर्ताले एउटै डेस्कटपमा मल्टिपल स्त्रिmन बनाएर प्रयोग गर्न सक्नेछन् । अर्थात् म्याक कम्प्युटरमा झैँ वर्क, होम र गेमिङ गरेर विविध डेस्कटप बनाउन सक्नेछन् ।

माइक्रोसफ्टका अनुसार विन्डोज ११ को प्रारम्भिक संस्करण डेभलपरहरुका अनुसार आगामी हप्ता जारी गरिनेछ । तर आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेछ भन्ने चाहिँ खुलाइएको छैन ।

विन्डोज ११ मा भएको अर्को महत्वपूर्ण परिवर्तनचाहिँ स्टार्ट बटन स्क्रिनको बीच भागमा ल्याइएको छ । स्टार्ट मेनुमा वेब, वनड्राइभ तथा कम्प्युटरमा सर्च गर्नका लागि सर्च बार राखिएको छ ।

विन्डोज स्टोरलाई नयाँ लुक्स दिइएको छ र आइकन तथा लेआउटलाई अपडेट गरिएको छ । यसका साथै विन्डोज स्टोरमा एन्ड्रोइड एपहरु पनि उपलब्ध हुनेछन् । एप डेभलपरहरुले इनएप पर्चेज अर्थात् विन्डोज स्टोरमा एप खरीदको भुक्तानीका लागि विभिन्न विकल्प प्राप्त गर्नेछन् र यस्तो कारोबारमा माइक्रोसफ्टले कुनै रकम कट्टा गर्नेछैन । यो फिचर एप डेभलपरहरुका लागि निकै उत्साहप्रद रहेको बताइएको छ । स्मरण रहोस् एप्पलले एप स्टोरबाट हुने एप खरिदको कारोबारमा ३० प्रतिशत रकम कट्टा गर्ने गर्दछ ।

साथै माइक्रोसफ्टको सञ्चार प्लाटर्फम टिम्ससँग पनि यो अपरेटिङ सिस्टमलाई बढी कसिलो बनाइएको पनि कम्पनीले दाबी गरेको छ । साथै विन्डोज ११ मा लोकपि्रय एक्सबक्स गेम पास पनि पि्रइन्स्टल्ड हुनेछ ।

विद्यमान विन्डोज १० प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा निःशुल्क रुपमा विन्डोज ११ अपडेट गर्न सक्नेछन् । यद्यपि यसका लागि कम्प्युटरमा न्यूनतम ६४ जिबी स्टोरेज तथा ४ गिगाबाइटको र्याम आवश्यक पर्नेछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय