‘मिस नेपाल नर्थ अमेरिका’को लागि पूर्व मिस नेपाल सुन्दरीहरुको उपस्थिती रहने
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

जेठ २७ / न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।

मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ ।

भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।

यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन् ।

कार्यक्रम आगामी अगस्त ७ गते शनिबारको दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय