म अध्यारो हुँदै होइन
शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित

आदर्श यादव
गुलरिया न.पा.–७,बर्दिया

म कालो छु, तर म अध्यारो होइन
अध्यारोको त कुनै रङ्गै हुँदैन ।
म रंगीन छु, तर रंगीन होइन
अध्यारोको त कुनै रङ्गै हुदैन ।
कालो छु, वर्षा यामको बादल जस्तै
अझै त्योभन्दा गाढा गाढा कालो छु ।
शिरको तिम्रो केस जस्तै
अझै त्योभन्दा गाढा गाढा
उज्यालोमा भागि जाने
म त्यो अध्यारो हुँदै होइन ।
रंगीन हुँ म रंगीन
म कालो रंगको रंगीन
तिमी गोरो छौ
मेरो चम्किला दाँत जस्तै
अझै त्योभन्दा फिका फिका गोरो छौ ।
टल्किरहेको ढुंगा जस्तै
अझै त्यो भन्दा फिका फिका
अध्यारोमा हराइजाने तिम्रो रंग
उज्यालो हुँदै होइन ।
रंगीन हौ केवल रंगीन
तिमी गोरो छौ
तर उज्यालो हुँदै होइन ।
म कालो छु, तर म अध्यारो हुँदै होइन ।।
तपाई आफै भन्नुुस्, के यो रंग मैले
आफै बनाएको होर ।
क्रिम,पाउँडर लगाएको मान्छे के साच्चै गोरो होर ।
हरटाइम मेकअप गर्ने स्त्री के असली गोरो होर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय