म पराजित भएको….जानी जानी
शनिबार, असार २६, २०७८ मा प्रकाशित

सुशान्त कुमार बि.क.
गुलरिया नगरपालिका–४,बर्दिया

म निडर छु सिकन्दर जस्तै,
म युद्ध लड्न सक्छु,
अवश्य, म जित्छु पनि,
तथापि म धेरै पटक पराजित भएको छु,
मेरी उनीबाट जानी जानी
म सत्य हुँः, हरिशचन्द्र जस्तै,
के सत्यलाई जितको आवश्यकता पर्छ र ?
मेरोलागी सत्य आफैमा जित र प्रेम हो ।
त्यसैले त पराजित भएको छु जानी जानी
कहिलेकाही लाग्छ, म योगी–तपस्वी हुँः
उनी र उनको प्रेमको
र त पराजित भएको छु, जानी जानी ।
म सागर हुँः गहिरो
शायद , बुझ्न समय लाग्छ उनलाई
त्यसैले त पराजित भएको छु जानी जानी ।
म लुम्बिनी हु, प्रेमको ।
चाहना छ, कामना छ
परिचित रहिरहुः
शान्तिबाट
त्यागबाट,
प्रेमबाट
प्रेमकैलागी,
त्यसैले त पराजित भएको छु जानी जानी ।

प्रतिक्रिया

सम्बन्धित खवर