रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । पछिल्लो २–३ दिनदेखि उहाँको स्वास्थ्य स्थिति खराब थियो । यद्यपि, उनलाई त्यस्तो खासै ठूलो रोग भने थिएन ।’

पछिल्लो एक वर्षदेखि अरविन्दको निधनको अफवाह चलिरहेको थियोः

यस वर्ष मेमा अरविन्द त्रिवेदीको निधनको खबर सार्वजनिक भएको थियो । उक्त खबरमा उनका भतिजा कौस्तुभले खण्डन गरेका थिए । यतिमात्रै होइन, रामायणमा लक्ष्मणको भूमिका निभाउने सुनिल लहरीले पनि यी अफवाहमाथि भड्किँदै सोसल मिडियामा एउटा पोस्ट सेयर गरेका थिए ।

अरविन्दको करियर गुजराती रंगमञ्चबाट सुरु भएको थियो । उनका भाइ उपेन्द्र त्रिवेदी गुजराती सिनेमाका चर्चित नाम हुन् र गुजराती फिल्ममा अभिनय पनि गरिसकेका छन् । हिन्दीका चर्चित शो रामायणबाट घर–घरमा पहिचान बनाएका त्रिवेदीले लभगभ ३०० हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् ।

यस्तै, सन् १९९१ मा अरविन्द त्रिवेदी भारतीय जनता पार्टीका सदस्यको रुपमा सांसद छानिएका थिए । उनी सन् १९९६ सम्म यो पदमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर