लेखा प्रणाली सुदृढका लागि कम्प्युटर एकाउण्टीङ्ग तालिम
शनिबार, असोज १६, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज १६

गुलरियामा एक महिने निशुल्क कम्प्युटर एकाउण्टीङ्ग अप्रेटर तालिमको शुक्रबार उद्घाटन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आयोजना र गुलरिया नगरपालिका–६ को समन्वयमा तालिम संचालन भएको हो । तालिम एक महिनासम्म चल्ने छ ।

एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको छ । गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष निरज कुमार शर्माको अध्यक्षतामा प्रमुख अतिथी गुलरिया नगरपालिकाकी उप–प्रमुख शुसिला गिरीले व्यानर पढेर तालिमको उद्घाटन गरेकी थिईन् । तालिममा छनौट भएका प्रशिक्षार्थीहरुलाई लगनशिल भएर सिक्न उप–प्रमुख गिरीले आग्रह गरिन् ।

लेखा सम्बन्धि तालिम भएकोले जागिर खान र आफ्नै व्यवसाय संचालन गर्ने हो भने त्यसको दुरुस्त रुपमा आय व्याय राख्य यस तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान अन्तर्गत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा विभिन्न किसिमका रोगजार मुलक तालिम संचालन भईरहेको शाखा अधिकृत लक्ष्मण चालिसेले बताए । बर्दियामा पहिलो पटक गुलरिया नगरपालिका–६ को समन्वयमा एक महिने निशुल्क कम्प्युटर एकाउण्टीङ्ग अप्रेटर तालिम संचालन भएको जानकारी दिए ।

१२ कक्षा उत्तिर्ण र छनौट भएका ३४ जना प्रशिक्षार्थीलाई निशुल्क रुपमा तालिम दिने शाखा अधिकृत लक्ष्मण चालिसेले बताए । छनौट भएका जिल्ला भित्र तथा बाह्य जिल्लाका प्रशिक्षार्थीहरुको तालिममा सहभागिता रहेको छ ।

कुनै पनि कार्यालयको हिसाब लेजरमा लेखेर राख्ने चलन थियो । त्यो प्रविधि विस्तारै हट्दै गएको छ । लेखा प्रणाली सुदृढका लागि कम्प्युटरको माध्यमबाट सफ्टवेयरमा हिसाब राख्ने प्रविधि आएको गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए ।

कम्प्युटर एकाउण्टीङ्ग सम्बन्धि दक्ष जनशक्तिको आवश्यक रहेकोले धेरै प्रयास पछि तालिम ल्याउन सफल भएको अध्यक्ष शर्माले जानकारी दिए । सहभागि प्रशिक्षार्थीलाई तालिममा सिकेका सीप व्यवहारमा उतार्न औल्याए । तालिम संचालन अवधिमा अन्य कामलाई थाती राखेर भएपनि कम्प्युटर एकाउण्टीङ्गको सीप सिक्न प्रशिक्षार्थीहरुलाई अध्यक्ष शर्माले आग्रह गरेका छन् ।

तालिममा सिमान्त पौडेल र राजेश बैश्यले प्रशिक्षण गर्ने छन् भने तालिमको व्यवस्थापनमा प्रशान्त टन्डन्टले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय