वार्षिक समिक्षा कार्यक्रममा उप–प्रमुख थारुको असन्तुष्टि
बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ १०

ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा उप–प्रमुख कृष्णा कुस्मा थारुले असन्तुष्टि जनाएकी छन् । समिक्षा कार्यक्रममा बोल्दै उप–प्रमुख थारुले काम र कार्यक्रमको बारेमा आफुलाई जानकारी नदिएको नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाललाई आरोप लगाएकी हुन् ।

नगर प्रमुख श्रेष्ठले कार्यक्रमको बारेमा आफुसंग समन्वय नगरेको जिकिर गरिन् । नगरपालिकाले गर्न लागेको कामको बारेमा कर्मचारीले पनि आफुसंग समन्वय नगर्दा दुखी भएको बताईन् ।

आगामी दिनमा यस्ता गतिविधि नदो¥याउन नगर प्रमुखलाई आग्रहसमेत गरिन् । संचारकर्मीले भष्टाचारको कुरा उठाउँदा सरकारको सबै तहमा नितिगत भष्टाचार रहेको बताईन् । १० रुपियाको सामानमा १२ रुपियाको बिल आउने गरेको बताईन् ।

उनले भनिन्, ‘कागजी रुपमा बिल भरपाई मिलाई प्रक्रिया पु¥याई नितिगत भष्टाचार भईरहेको शंका लाग्छ, तर कहाँ मुद्दा हाल्न जाउँ, आफुलाई थाहा नभएको थाहा भएको भए आफैले कति मुद्दा हाल्ने बताईन् ।’ उनका अनुसार ‘नितिगत भष्टाचार छ यसलाई रोक्न सकेका छैनौं तर रोक्न प्रयास गरेको बताईन् ।’ नितिगत भष्टाचार रोक्न आमनागरिक देखि सबैको भुमिका रहने बताईन् ।

नगरपालिकाले बनाएको २० वर्षे गुरु योजनालाई पछ्याउदै विकास र सुशासनको स्पष्ट मार्ग चित्र तयार गरी विकासको अभियानमा अघि बढेको नगर प्रमुख घननारायण श्रेष्ठले बताए । आफु निर्वाचित भएर आए देखि संस्थागत र नितिगत विकासमा उल्लेखनियम भुमिका खेलेको बताए ।

उनका अनुसार ठाकुरबाबा नगरपालिकाले ४० वटा नितिनियम बनाएर व्यवस्थित गरेको छ । यस नगरपालिका अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज रहेकोले छ । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सके रोजगारीको सिर्जना हुने बताए । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले गत वर्ष प्रचार प्रसार गरेको बताए । यस वर्ष पनि नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि व्यापाक प्रचार प्रसार गर्ने नितिगत योजना रहेको बताए । राष्ट्रिय निकुञ्जले हामीलाई फाइदा भएको छ भने अर्कोतिर चुनौती रहेको उनले बताए ।

बन्यजन्तुले निकुञ्ज क्षेत्रका खेतबारीका बाली नोक्सान गर्नुका साथै समय समयमा नगरवासीहरुको ज्यानसमेत लिने गरेको उनको भनाई छ । शैक्षिक क्षेत्रको विकासका लागि चिल्ड ड्रिम प्रोजेक्ट चलाएको बताए । ३ लाख ५० हजारको लागानीमा ११ वटा विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकाले गत आर्थिक वर्षको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार गरेको छ । गत वर्षमा नगरपालिकाले निर्माण गरेको ५ नम्बर वडाको भवन, बिउ बैंक, बाटोघाटो, निर्माणधिन १५ बेडको अस्पताल, पिकनिक स्थल र कृषि तर्फ बाख्रा पालनको अनुगमन गरिएको हो । अनुगमन पश्चात गत वर्ष नगरपालिकाले सम्पन्न गरेको कार्यक्रमको प्रगति विवरण निर्वाचित जनप्रतिनिधि तथा संचारकर्मी माँझ प्रस्तुत गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजालले गत वर्ष नगरपालिकाले गरेको काम र चालु आर्थिक वर्षका कार्यक्रम योजना प्रस्तुत गरेका थिए । ठाकुरबाबा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट रु ७५ करोड ७४ लाख ३१ हजार ३ सय २४ रहेको छ । जसमध्ये चालु तर्फ रु ३८ करोड २० लाख ९८ हजार ७ सय ९७ र पुँजीगततर्फ रु ३७ करोड ५३ लाख ३२ हजार ५ सय २७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर