व्यबसायीलाई कारोबारको लेखा अपडेट र म्याद गुज्रेका बस्तु बिक्रि बारे सर्तकर्ता अपनाउँन संघको आग्रह
आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ ३

उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले व्यबसायीले कारोबारको लेखा अपडेट र म्याद गुज्रेका वस्तु बिक्रिको बारेमा सजगता अपनाउँन आग्रह गरेका छन् । कर भुक्तानी र लेखा अपडेट नहुँदा व्यबसायी नाफा घाटाको अनभिज्ञता हुने उल्लेख गर्दै स्वयमले सर्तकर्ता अपनाए व्यबसायमा भईरहेको चुहावट बारेमा सम्बन्धित पक्षले लेखा अपडेट राख्दा सर्तकता गराउँने पाण्डेको भनाई छ ।

व्यबसायीले राजश्वबाट व्यबसायीको फर्म लेखा जोखाका लागि दैनिक लेखा अपडेट भए फर्म गुडवेल बचाउँ गर्ने भएकाले व्यबसायीलाई आग्रह गर्दै नियमकारी निकायबाट हुने जरिवानाबाट समेत बच्न सकिने कुरामा पाण्डेले जोड दिए ।

‘व्यबसायीले राम्रो गर्छु भन्दा भन्दै गर्न नसकेको अवस्था छ’उनले भने,‘ व्यबसायमा कर भुक्तानी र लेखा अपडेटले दिर्घकालिन फाईदा पु¥याउँन सक्छ ।

’ चाड पर्व नजिकिदै गईरहेको अवस्थामा म्याद गुज्रेका वस्तु बिक्रि भईरहेको छ, कि छैन व्यबसायीले स्वयम चलाखी अपनाउँनु पर्ने पाण्डेले सुझाए । फाईदाका लागि मात्र व्यबसाय गर्दा आम ग्राहकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने उल्लेख गर्दै सामान बिक्रि भईरहेको बारेमा सम्बेदनशिलता अपनाउँनु पर्ने उनले पटक पटक दोहो¥याए ।

लेखा अपडेट, कर भुक्तानी नगर्दा, गैर खाद्य बस्तु बिक्रि गर्दा झुक्काएर नियमकारी निकाय गर्ने चेक जाँचको क्रममा भेटिए ठूलो मूल्य चुकाउँनु पर्ने जोखिम सजगता अपनाउँन व्यबसायी नै सर्तक हुनु पर्ने उनले औल्याए ।

‘ व्यबसायी खुकुरीको धारमा व्यबसाय गर्न परेको छ, लामो समय कोरोना कहरको मारमा व्यबसायी परेका छन्’उनले भने, ‘व्यबसायीले सर्तकर्ता नअपनाउँदा अझै उल्झन आउँन सक्छ, हिन्दु धर्मावलम्बिको ठूला चाड पर्व दशै र दिपावली नजिकिदै जाँदा नियमकारी निकायको छापा पर्दा झन समस्या हुन सक्छ, संघ व्यबसायीको हक हितमा संरक्षण गर्न जतिखेर तयार छ ।

’ उद्योग वाणिज्य संघको पहलमा राजश्व कार्यालयले संचालन गरेको एक दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा संघमा आवद्ध व्यबसायीलाई कर प्रणालीको बारेमा जानकारी दिईएको छ ।

कर भुक्तानीका लागि व्यबसायी सक्षम बनाउँन लक्ष्य अनुरुप संघको पहलमा दिएको तालिममा सहभागीले सकारात्मक प्रतिक्रिया दिएका छन् । गुलरिया स्थित राजश्व कार्यालयका प्रमुख त्रिबिक्रम तिमिल्सेनाले व्यबसायीलाई कर प्रणालीको बारेमा जानकारी गराए । कर दायरामा आएर व्यबसाय विस्तार गर्न समेत संघमा आबद्ध व्यबसायीलाई प्रमुख तिमिल्सेनाले सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय