शालिकको रुपमा रुपान्तरित म
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

मुकुन्द अर्याल

जहानिया शासनको बिद्द्मा
प्रजातन्त्र र समाबेसिताको लागि
राष्ट्रियता र स्वतन्त्रताको बिगुल फुक्दै
कहिले प्रबास त कहिले चिसो कालकोठरिमा
जिवनको धेरै समय हासिहासी कुर्बान गरे मैले ।
सबैको लागि गास , बास र कपास
सबैको साझा नेतृत्व र सर्बोच्च पदमा जनताको छोरो
सबैको पहुचमा शिक्षा र स्वास्थ्य
शान्ति , स्वतन्त्रता , अमनचयन र सार्वभौैमसत्ता
सबै नेपालीको मुहारमा खुसी
मेरो राजनैतिक यात्राका उद्देश्यहरु ।
पद , लाभ , प्राप्ति , शान र सौगत
पेरा प्राथमिकता कहिले रहेनन
देश , जनता र सहयात्रीका लागि
हासीहासी तिलान्जली दिए मेरा रहरहरु ।
समयअन्तरालमा
मेरा राजनितिक उद्देस्यहरु सङ्ह्रालयमा कैद छन
दस्ताबेजहरुमा धमिरोलागेका छन
जड “ शालिक “ हरुमा रुपान्तरित छन ।
एउटा सिङ्गमरमरको अग्लो पिलर माथी ठडिएर
म हेरिरहेको छु ,
सिटामोल नपाएर छट्पटाइरहेका मानिसहरु
समयमा न्याय नपाएर रोइरहेका अनुहारहरु
प्रकोपले छानो उडाएका उजाड बस्तिहरु
पद र ब्यतिगत प्रतिष्ठाका लागि
“ कक फाइट “ गरिरहेका समुहहरु ।
कोही बोल्दैन खै हाम्रो लिपुलेक ?
खै हाम्रो सार्वभौमिकता ?
खै हाम्रो लोकतन्त्र ?
खै नेपालीको मुहारमा खुसी ?
म त एक मुर्तिको रुपमा लौरो समातेर उभिन बाद्य छु
म जड छु
म त शालिकमा रुपान्तरित भएको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय