समाजसेवी, मंगलादेविको अवसान
बुधबार, असोज २७, २०७८ मा प्रकाशित

 उहाँ महिला स्वास्थ्य स्वयमसेविका भएर मातृ स्वास्थ्य र बाल स्वास्थ्य सेवामा धेरै योगदान पु¥याएको शाखा प्रमुख पाण्डेले स्मरण गरे ।

राम प्रसाद चौहान

बर्दिया, असोज २७

जन्म पछि मृत्यु निश्चित र सत्य हो । कतिपय कुरा मृत्यु पछि अमरहन्छ । पुन्य कामले मानिसलाई सधै जिवित राख्छ । घासीले घास बेचेर कुवा खनाए । जन्मेर सामाजिक उत्तर दायित्व बहन गर्ने एकदमै कमै मानिसले गर्ने पून्य कृतिले उसको नाम सधंै जिवित नै रहन्छ । यस्तै–यस्तै सोचका धनि त्यस्ता व्यक्ति जसको सधैं नाम अगामी पुस्ताले लिईरहन्छन् ।

मरेपछि अमर रहनको लागी पून्य कृति गर्न पर्ने कुरा सर्वबिदितै छ । यस्तै सदरमुकाम गुलरियाकी सफल समाजसेवी, महिला अधिकारकर्मी र स्वाथ्यकर्मी मंगलादेवी श्रेष्ठको निधनले मंगलबार गुलरिया बजार स्तब्ध बन्यो । अधिकांस गुलरियावासीको अनुहारमा कालो बादल मडारियो । सबै स्तब्ध भए । सबै रोए । मंगलादेवीले विभिन्न क्षेत्रमा पु¥याएको योगदान सबैले स्मरण गर्दै सामाजिक संजालमा दुःख व्यक्त गरे ।

असल कामको गुनगान गाउँने धेरै भेटिए । उनले दिएको माया र स्नेह सधै जिवन्त रहनेछ । पुन्यकाम गर्न भ्याएकी सफल समाजसेवी श्रेष्ठको बैकुण्ठ वास होस् । मंगलबार दिउँसो बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएयता उनले गरेको पुन्य कामको चर्चा चल्न थालेको छ । भन्न त भन्छन् ‘ मृत्यु पछि बखान हुन्छ ।

बाचुन्जेल बखान गर्ने कोहि भेटिदैन ।’ तर, पनि असल मित्र, शुभचिन्तक, आफन्त र साथीभाईलाई मंगलादेवीको अवसानले यतिखेर सबैलाई झस्काईरहेको छ ।

मानिस जति सरल हुन्छ । अफ्ठ्याराका चाङ पनि हुन्छन् । त्यस्तै अफ्ठ्यारा बिच बाच्न पर्दाको पिडामा कति समय मानिस बाच्न सक्ला र मानिस ? तै पनि मंगलादेवीले असल नियतले गरेका कामको अहिले अवसानको बखतमा पनि उनको नाम लिने प्रशस्तै भेटिए । मंगलादेवीको निधनले स्तब्ध भएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । ‘सात, आठ दिन अघि घरमा एक्कासी बेहोस भएको जानकारी पाउँनसाथ म उहाँको घरमै गएर हेरे,’उनले भने,‘ दैवको लिला बचाउँन सकिएन।’

अस्पताल लगेर अक्सिजनमा राख्ने सुझाव दिएको पाण्डेले सुनाए । उहाँ तीन, चार वर्ष पहिला देखि नै बिरामी हुनुहुन्थ्यो । उहाँ दिमाकको नशाको समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँको औषधी भारतको लखनाउँबाट चलिरहेको थियो । बिगत एक वर्षदेखि बेडमा थाला परेकोसमेत पाण्डेले सुनाए । उहाँ महिला स्वास्थ्य स्वयमसेविका भएर मातृ स्वास्थ्य र बाल स्वास्थ्य सेवामा धेरै योगदान पु¥याएको शाखा प्रमुख पाण्डेले स्मरण गरे ।

अलविदा मंगलादेवी श्रेष्ठ । हार्दिक श्रद्धाञ्जलि

प्रकाशक÷सम्पादक

फरक समाचार दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय