बर्दिया, साउन १२(फरकसमाचार) / अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपीबाट खटिएका प्रहरी टोलीले सामान पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार मुल्य रु ८० हजार बराबरको सामान बरामद गरिएको छ । चिनी, चप्पल, कस्मेटिक तथा किराना सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको अबैध सामान कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।