एन्जलको अपहरणपछि हत्या,पाँच दिनपछि मुख्य आरोपी पक्राउ
बिहिबार, असोज २३, २०८२ मा प्रकाशित

बर्दिया,असोज २३/ गेरुवा गाउँपालिका–झबही घर भएकी १० वर्षीया एन्जल देउवाको अपहरण पछि हत्या भएको छ । असोज १७ गते देखि बेपत्ता देउवाको दुई दिन पछि गेरुवा गाउँपालिकाको जंगल क्षेत्रमा वन गाडेको अवस्था शव भेटिएको थियो ।

लगातार पानी परिरहेको बेलामा प्रहरीको अनुसन्धान डाईभर्ट भएर नदी किनारा र खोल्सा खोल्सीमा खोजी सुरु गर्दा उनको शव भेटिएको हो । घटनाको पाँच दिनपछि प्रहरीले अपहरणपछि हत्या भएको पुष्टि गरेको हो । पाँच दिनसम्म विभिन्न रणनीतिक योजनासहित अनुसन्धान गरेको प्रहरीले २१ वर्षीय समिर तिरुवा सुनारलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको प्रहरीले एन्जलको गहनाकै कारण हत्या गरेको सुनारले स्वीकारेको दावी गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सरोज पौडेलले भने, ‘प्रहरीले अनुसन्धानको क्रममा अन्यलाई पनि ल्याएका छौँ । पोष्टमार्टमका लागि शव नेपालगंज पठाएका छौँ । आरोपीले बलात्कार बारे इन्कारी बयान दिए ।’

आरोपीको बयान उदृत गर्दै प्रहरीले दुईटा सुनका बाला र सिक्री देखेपछि लुट्न खोज्ने क्रममा बालिकाले प्रहरी बोलाउँने बताएपछि घाटी थिच्दाथिच्दै निस्सासिएर मृत्यु भएको जनाएको छ ।

आरोपीले राजापुर र टिकापुरमासमेत बालिकाबाट लुटिएको गहना बेच्न हिडेको क्लू प्रहरीलाई मिलेको पौडेलले बताए । रुपन्देहीमा आफन्त कहाँ बसेर पढ्दै गरेकी एन्जल असोज १३ गते दसैं मनाउन गेरुवा स्थित घर पुगेकी थिइन् । आफन्तको बिहे भोजमा साइकलमा गएकी उनी अपहरणमा परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय