‘उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने’
शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित

काठमाडौँ, पुस १८ : उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए । ‘समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ’, उनले भने ।

पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफल बनाउन कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यावसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने स्पष्ट पारे ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नागरिकको सूचनाले नै अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । शङ्कास्पद ठाउँमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–१३ का सदस्य एवं प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोइरालाले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई नागरिक समुदायको साथ र सहयोग हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय