सुकुम्वासीका लागि घर निर्माण सुरु
बिहिबार, पुष २४, २०७६ मा प्रकाशित

मुग्लिन, पुस २४ : चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ ।

इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गरे । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताए ।

उनले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको उल्लेख गर्दै हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको बताए ।

वडा नंं. ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका रहेको जानकारी दिए । वर्षौंदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरू गाउँपालिकाले घर बनाइदिने भएपछि खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय