प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता
शनिबार, पुष २६, २०७६ मा प्रकाशित

धनगढी, पुस २६ : चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहनाभन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन विभिन्न तीन समूहको लिग चरणका खेल सम्पन्न भएका छन् । यो प्रतियोगिता विभिन्न तीन विधामा भइरहेको बुद्धिचाल सङ्घका केन्द्रीय सदस्य धनबहादुर बोगटीले बताए । प्रतियोगिताअन्तर्गतको खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि सातौँ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः २५ हजार, १५ हजार, १० हजार, सात हजार, पाँच हजार, तीन हजार र दुई हजार प्रदान गर्न गरिनेछ ।

यस्तै विद्यार्थीतर्फको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः पाँच, तीन, र दुई हजार तथा चौथौ र पाँचौँ स्थान हासिल गर्नेलाई एक÷एक हजार पुरस्कार प्रदान गरिनेछ । महिलातर्फको खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच, तीन र दुई हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ७० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेशसभा सदस्य पूर्णा जोशीले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय