खाना तथा सांस्कृतिक महोत्सव
शनिबार, पुष २६, २०७६ मा प्रकाशित

पाल्पा, पुस २६ : पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पाल्पामा मगर जातिकोे बाहुल्यता छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सवको आयोजना गरिएको हो ।

देशविदेशमा रही काम गर्दा मगरी कला संस्कृति हराउँदै जान थालेपछि आफ्नै कला, संस्कृति संरक्षण गर्न महोत्सव आयोना गरिएको हो । नेपाल मगर सङ्घ पाल्पाले गरेको सो महोत्सवमा मगर जातिका मौलिक खानाले आन्तरिक पर्यटकको मन लोभ्याएको थियो । आन्तरिक पर्यटकको आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी भएको आयोजकको दाबी छ ।

महोत्सवमा मगरी खानाका परिकार अचार, तरुल, सखरखण्ड, सुगुरको मासुलगायतका स्वादमा मानिस झुम्मिए । ठूलो नाच हेर्न गाउँघरका मानिस पनि तानसेन आएका थिए ।

महिला पुरुषले मगरी संस्कृतिको पहिचान झल्काएको पोशाक निकै आकर्षक थियो । ती पोशाकले पर्यटकलाई लोभ्याएको थियो । माघे सङ्क्रान्तिको पूर्व नै मगर समुदायको मौलिक कला संस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष तेजबहादुर घर्तीमगर र सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह थापाले जानकारी दिए । मगर समुदाय भाषा, कला संस्कृतिमा धनी जाति रहेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय