‘भवन निर्माण मापदण्ड लागू नगरे खतरा’
शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

ललितपुर, माघ २ : निजी निवास निर्माणमा अझै ध्यान नदिए पुनः जोखिम निम्तिन सक्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको २२ आँै राष्ट्रिय भूकम्प सुरक्षा दिवस२०७६मा उनीहरुले महानगरपालिकाले लागू गरेको नियमानुसारको घर बनाउन आग्रह गरे ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले २०७२ सालको भूकम्पीय जोखिममा परी घर भत्किएका मानिसले अझै पनि मापदण्डअनुसारको जग्गा छाडेर घर नबनाएका हुँदा फेरि भूकम्प आउँदा धैरै मानिस हताहत हुनसक्ने बताए ।

पाटनका शहरी बस्तीमा दिनानुदिन अग्ला भवन निर्माण भइरहँदा अब आउने भूकम्पले धेरै मानिसको जीवन क्षति पु¥याउने छ, पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका लागि निजी घर बनाउने जनताले भूकम्प निर्माण आचारसंहितालाई अनिवार्य लागू गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्पको सम्झना गर्दै आफूहरु त्यस बेला काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरे । उनले भने, ‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।विगतमा टुँडिखेलबाट देखिने हिमाल र पहाड हाल यहाँ बनेका अग्ला घरका कारण छेकिन पुगेको गुनासो जोशीले गर्नुभयो ।  ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे । यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय