मिशुस्तिनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव रूसी संसद्बाट स्वीकृत
शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

मस्को, माघ २ : रूसी संसद्को तल्लो सभा डुमाले राष्ट्रपति पुटिनद्वारा प्रस्तावित मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्रीका रूपमा बिहीबार अनुमोदन गरेको छ । मिशुस्तिनलाई बिहीबार नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो ।

पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गर्नुभएको छ । यसै परिवर्तनको सन्दर्भमा राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि लामो समय सहयोगी रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेवले बुधबार राजीनामा दिनुभएको थियो । उनले राष्ट्रपतिले संविधानमा नयाँ सुधारको प्रस्ताव ल्याएको र यसमा आफूले सघाउनुपर्ने नैतिक दायित्व रहेको बताएका छन् ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको उल्लेख थियो तर मेदभेदेवलाई अर्को व्यवस्था नहँुदासम्म प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गर्नुभएको थियो । राष्ट्रपति पुटिनले नयाँ प्रस्तावमा सुरक्षा परिषद्को उपप्रमुखको पद पनि सिर्जना गर्नुभएको छ र यसको नेतृत्व मेदभेदेवलाई गर्न आग्रह गरिएको छ ।

वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा आफूले पदबाट राजीनामा गरेको र राष्ट्रपतिलाई आवश्यक कदम चाल्न मार्ग प्रशस्त गरेको निवर्तमान प्रधानमन्त्री मेदभेदेभले बताएका छन् ।

राष्ट्रपति पुटिनले एक विज्ञप्तिमार्फत निवर्तमान प्रधानमन्त्री मेदभेदेवलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्हालेको भन्दै उनको प्रशंसा गर्नुभएको थियो । उनले भने, ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईले गरेका सबै कुराका लागि तपाईलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी छु ।

एक हप्ता पहिले पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय