टर्कीको सेना लिबियामा पुगिसकेको एर्दोगानको भनाइ
शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

अङ्कारा, माघ २ : टर्कीले लिबियामा आफ्नो सेना पठाउन थालिसकिएको र उसले संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए) लाई सघाउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताएका छन् ।

एर्दोगानले अङ्कारास्थित बेस्टेपे नेशनल कँग्रेस तथा सांस्कृतिक केन्द्रको वार्षिक मूल्याङ्कन सभामा भने, ‘हामीले सेनालाई लिबियातर्फ पठाइरहेका छाँै । टर्कीको सेनाले लिबियामा रहेको वैधानिक सरकारलाई सहयोग गर्नेछ र लिबियामा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वका लागि काम गर्नेछ । हामीले लिबियामा राजनीतिक, व्यापारिक, मानवीय, कूटनीतिक र सैन्य सुविधालगायतका सम्पूर्ण सेवालाई प्रत्याभूत गर्दै आफ्नो सम्पूर्ण उपायहरू परिचालन गर्नेछौँ ।

सम्बोधनमा एर्दोगानले भने, ‘टर्कीले लिबियाको पूर्वी भूमध्यसागरीय क्षेत्रबाट सैन्य अभ्यास तथा अनुसन्धानलाई जीएनए सरकारसँगको सहमतिअनुरूप छिट्टै काम शुरू गर्नेछ । शुरूमा टर्कीको ओरूक रैस युद्धक विमानले भौगोलिक अध्ययन गर्नेछ ।

टर्कीले लिबियामा जारी द्वन्द्व अन्त्यका लागि राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त सरकारसँग गत नोभेम्बरमा दुई सम्झौता गरेको छ । स्थल तथा जल सेनाका लागि सैन्य सहयोगमार्फत लिबियाली संयुक्त सरकारका प्रधानमन्त्री फायज अलसाराजलाई सहयोग पु¥याउने टर्कीले जनाएको छ । अङ्काराले एक हप्ता पहिले नै सैनिक समूहहरूलाई पठाउन शुरू गरेको छ ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनका भरमा तत्कालीन शासक मोहमर गद्दाफीलाई पदच्यूत गरी हत्या गरिएपछि लिबियामा जीएनएले त्रिपोली क्षेत्र हेर्दै आएको छ भने खालिफा हफ्तरद्वारा नेतृत्व गरिएको गद्दाफीको समर्थनमा रहेको लिबियाली राष्ट्रिय सेना (एलएनए)को सहयोग प्राप्त समूहहरूले पेट्रोलियम पदार्थका लागि सम्पन्न मानिने देशको पूर्वी क्षेत्रलाई हेर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय