भ्रमण वर्षका सामग्रीले अन्तराष्ट्रिय बजार जमाउँदै
आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

चिप्लेढुङ्गा, माघ ५ : भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् ।

अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक शुरुआत गरेको छ । सो प्रालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्का १५ वर्ष विदेश बसेर फर्केर स्वदेशी उत्पादनमा सिर्जनात्मक कार्यमा लाग्नुभएको हो । पोखरामा महानगरपालिका५ सामाजिक अभियन्ता अञ्जु क्षेत्रीसहित पाँच जनाले सात करोड लगानीमा स्थापित सो उद्योगमा ७० ले रोजगारी पाएका छन् ।

बजार व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुभएकी क्षेत्रीले मूलुक समृद्धिका लागि विदेशी उत्पादन होइन स्वदेशी उत्पादनबाट सम्भव हुने भएकाले व्यवसायमा लागेको जानकारी दिए । म राजनीति गर्छु, सामाजिक अभियन्ता पनि हुँ तर म उद्यम व्यवसाय बिना मेरो कामले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्दैन । अब केही न केही इलमबाट अगाडि बढ्नुपर्छ भन्ने सोचेर व्यवसायमा लगानी गरेकी हुँ । उनले अहिले देश विदेशबाट स्वेटर, टोपी, गलबन्दी, झोलाको माग बढिरहेको उत्पादनलाई अमेरिका, स्वीट्जरल्याण्ड, बेलायत, अष्टे«लियामा पनि पु¥याइ सकिएको जानकारी दिए ।

उनले विदेशी पर्यटकलाई नेपालको कोशेलीका रुपमा दिनसमेत यसको प्रयोग गरिएको र यसले भ्रमण वर्षको प्रचारलाई समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय