अमेरिकामा ३ करोड ३० लाख मानिस बेरोजगार
आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

अमेरिका, वैशाख २८ : कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ ।

अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले  १४.७ प्रतिशत पुगेको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय