नेकपा अछाम काठमाडौं सम्पर्क मञ्चले खाद्यान्न वितरण
बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

काठमाडौ, बैशाख ३१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछाम काठमाडौं सम्पर्क मञ्चले लकडाउनका कारण समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण गरेको छ । मञ्चले अछामबाट काठमाडौं आइ बसोबास गरेका विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो ।

मञ्चका पदाधिकारीहरु खकेन्द्र साउद, खकेन्द्र रावल, दीपेन्द्र खत्री, जनक रावल, रमेश भण्डारी लगायतको सक्रियतामा राहत संकलन गरिएको हो । उनीहरुले उपत्यकाका बालाजु, नेपालटार, इमाडोल, कीर्तिपुर, नयाँ बानेश्वर, मध्य बानेश्वर, हाँडीगाउँमा पुगेर अछामबाट काठमाडौं आइ अध्ययन गरिरहेका ७५ जना विद्यार्थी तथा मजदुरहरुलाई चामल, दाल, चिनी, चियापत्ती, नुन सहितका खाद्य सामग्री वितरण गरेका हुन् ।

उनीहरुले दोस्रो चरणमा पनि राहत वितरण गर्ने बताएका छन् । सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले चितवनमा लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यसामग्री सहयोग गरेका छन् । भट्टराईले १२ हजार किलो चामल पूर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित सुरेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

भट्टराईले १० केजीका १२ सय बोरा अर्थात् १२ हजार चामल राहतका लागि सुनसरीको दुहबीबाट चितवन पठाएका हुन् । सांसद पाण्डेका स्वकीय सचिव केशव कंडेलले सो चामल चितवनका राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई ४ सय बोराका दरले हस्तान्तरण गरिएको जानकारी दिए । सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट चितवन पठाएका हुन् ।

चामल तिनवटा नगरपालिकामा लकडाउनका कारण खाद्य अभाव भएकालाई वितरण गरिने छ । राहत वितरणका लागि सरकारले एकद्वारा नीति बनाएकाले चामल नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिए । चामल नगरपालिकामार्फत लकडाउनका कारण खाद्य अभाव खेपिरहेका मजदुर तथा विपन्न परिवारलाई वितरण गरिनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए।

भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गरेका थिए। त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय