नेपालमा काेराेना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु
आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ ३ : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

उनका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय