लायन्स क्लबको भर्चुअल बैठक सम्पन्न
मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ ६ : दी इन्टरनेश्नल एसोसिएसन अफ लायन्स क्लब (लायन्स क्लब इन्टरनेश्नल )डिष्ट्रीक ३२५ ए १ रिजन २७ को भर्चुअल टेक्नोलोजी मार्फत बैठक सम्पन्न
भएको छ । उक्त बैठक रिजन चेयरपर्शन एम जे एफ लायन मधुसुधन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो ।

विश्व व्यापि रुपमा फैलिएको माहामारी कोरोना भाइरस (कोबिड १९) को बिषम परिस्थितिको कारण मुलुक अहिले बन्दाबन्दी ( लकडाउन)मा छ । उक्त चुनौतिको वाबजुत पनि डिष्ट्रीक ३२५ ए १ रिजन २७ ले बर्तमान परिस्थिको बारेमा विविध विषय सङ्ग सम्वन्धित भएर छलफल सम्पन्न गरेको छ ।

उक्त बैठकमा डिष्ट्रीक गभर्नर एम जे एफ लायन राजन खत्री, आईपीडीजी एम जे एफ लायन अनन्त प्रसाद भेटुवाल, नवनिर्वाचित डिष्ट्रीक गभर्नर एम जे एफ लायन टङ्क बहादुर श्रेष्ठ, नवनिर्वाचित पहिलो भिडिजी एम जे एफ लायन रेवत बहादुर कार्की, चीफ एओजी एम जे एफ लायन कर्मा गुरुङ , जीएसटी डिष्ट्रीक कोर्डिनेटर एम जे एफ लायन रमेश लामा, एरिया चिफ(७ नम्बर ) एम जे एफ लायन शोभा गुरुङ , एरिया कोर्डिनेटर एम जे एफ लायन हरि कृष्ण डंगोल र चिफ ब्लड सर्भिस एम जे एफ लायन श्याम कुमार यादव को उपस्थिती रहेको थियो ।

कार्यक्रममा जोन चेयर्पर्सन एम जे एफ लायन संजु गुरुङ , र अर्का जोन चेयर पर्सन लायन बाबुराम रसाइलीले लायन बर्ष २०१९/२०२० को आफ्नो कार्यकालमा भएका प्रमुख विषयको समष्टिगत रुपमा रिपोर्टिङ प्रस्तुत गरेका थिए । कार्यक्रममा आ- आफ्नो जिम्मेवारी जस्तो सुकै कठिन परिस्थितिमा पनि पूरा गर्ने र मानविय सेवा प्रती अति क्रियाशिल भएर कोरोना भाइरस (कोबिड १९ ) विरुद्ध एक जुट भएर लड्ने दृढ अठोट समेत प्रस्तुत गरिएको थियो ।

लायन बर्षलाइ सफल पार्नका लागि सबैले साथ दिएको जस्ले गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यक्रमहरु लक्षित समुदायमा पुर्‍याएको कुरा रिजन चेयरपर्शन एवम् बैठका अध्यक्ष एम जे एफ लायन मधु सुधन सिग्देलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर